Loading... 1 June 2020|   सोमवार, जेठ १९, २०७७   

छिन्चु आसपासमा क्वारेन्टिन र कोरोना परिक्षण केन्द्र स्थापना गर्न नहुने भन्दै स्थानीय आन्दोलित

  |  293 Views

सुर्खेत । भेरीगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र छिन्चु आसपासमा क्वारेन्टिन र कोरोना परिक्षण केन्द्र स्थापना गर्न नहुने भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । 

प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मदाने चौर, मेला लाग्ने चौर र शारदा माविमा क्वारेन्टिन र स्वास्थ्य चौकीमा कोरोना परिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम नेपाली सेनाले उल्लेखित ठाउँमा क्वारेन्टिन निर्माण समेत थालिसकेको थियो । सय बेडको क्वारेन्टिन निर्माण गर्न लागेको सेनाले स्थानीयको विरोधका कारण दुईवटा मात्रै टागेको छ । कोरोना त्रास हामीलाई पनि छ बस्तीको बिचमा भारतबाट आएका नागरिकलाई राख्न दिदैनौ भनि स्थानीयले बिरोध गरेका छन ।  

प्रदेश सरकारले आफनो निर्णय तत्काल सच्चाउन नगरपालिकाले समेत आग्रह गरेको छ । मंगलबार बसेको नगरपालिका र सर्वदलिय बैठकले छिन्चुमा क्वारेन्टाइन राख्ने निर्णय अस्विकार गर्ने निर्णय गरेको हो । सर्वदलीय बैठकबिच पत्रकार सम्मेलन गर्दै नगर प्रमुख भुपेन्दबहादुर चन्दले छिन्चुको ब्यस्त बजार र शहरी ईलाकामा क्वारेन्टाइन राख्ने कदमको नगरबासी, स्थानीयबासीबाट व्यापक विरोध र आवाज उठेकोले नगरपालिकालाई प्रदेश सरकारको निर्णय स्विकार्य नभएको बताउनुभयो ।

यस्तै नगरबासीको लागि क्वारेन्टाइन व्यवस्थापन, भारतबाट उद्वार गरि उपचारमा प्रतिबद्व रहेको र संघीय सरकारको निर्णय अनुसार सवारी आवतजावतमा सहयोग र सहज गरिने जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, चारवटै सुरक्षा अंगका प्रदेश प्रमुख सम्मिलित अनुगमन समितिले भेरीगंगा नगरपालिका–१० मदानेचौर, वडा १२ को मेलालाग्ने चौर र शारदा माविमा क्वारेन्टिन र नगरपालिकाको कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकीमा परिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमण भएका जिल्ला र भारतबाट आएका आफन्तलाई समेत बस्न नदिइरहेका बेला भारतबाट आउने प्रदेश भरका नागरिकलाई सरकारले बस्तीको बीचमा राख्न खोजेको आरोप लगाउदै कर्णाली प्रदेश भित्रिने मुख्य बजार छिन्चुमा सर्वदलिय बैठकले विरोध जनाएका छन । प्रदेशको मुख्य नाका बबई अथवा मानव बस्ती नभएको एकान्त ठाउँमा क्वारेन्टिन स्थापना गर्नुपर्ने उनिहरुको धारणा छ ।

Bulbule
प्रकाशित मितिः बुधबार, जेठ ७, २०७७     3:36:22 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *