Loading... 1 June 2020|   सोमवार, जेठ १९, २०७७   

फिल्डमा खटिने पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

  |  125 Views

सुर्खेत । फिल्डमा खटिईएर रिपोर्टिङ गर्ने सुर्खेतका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । 
उद्योग वाणिज्य संघ सुर्खेतका बरिष्ठ उपाध्यक्ष तथा सुर्खेत सञ्चार केन्द्रका सञ्चालक हर्षबिक्रम खड्काको सहयोगमा कोरोनाको बिषम् परिस्थितिमा जोखिम मोलेरै रिपोर्टिङ गरिरहेका ४० जना पत्रकारलाई करिब १ लाख बराबरको केएन–९५ माक्स, स्यानिटाइजर उपलब्ध गराइएको छ ।

कोरोनाको जोखिम कर्णाली प्रदेशमा पनि देखिएकोले यस्तो महामारीका बेला फिल्डमा पुगेर निरन्तर नागरिकलाई सूचना दिने प्रयास गर्ने पत्रकारलाई स्वास्थ्यसम्बन्धी सुरक्षा सामग्री सहयोग गरिएको वरिष्ठ उपाध्यक्ष खड्काले बताउनुभयो । 

यस्तै ऐनसेल नेपालले पनि लकडाउनका बेला पत्रकारहरुलाई सूचना ता सञ्चारमा सहजता ल्याउन सिमकार्ड वितरण गरेको छ । पत्रकार महासंघ सुर्खेत शाखामार्फत ५० वटा सिम पत्रकारहरुलाई वितरण गरिएको छ ।

निवास र अफिसवाट काम गरिरहनु भएका पत्रकार भन्दा फिल्डमा गएर काम गर्ने पत्रकारहरुका लागी यी सामग्री वढी उपयोगी हुने पत्रकार महाँसंघ सुर्खेतका सचिब सुदिप पुरीले बताउदै सबै सहयोगीहरु प्रति धन्यवाद ब्यक्त गर्नुभएको छ । 

सचिव पुरीका अनुसार एनसेलद्वारा सहयोग गरिएका ५० वटै नम्बरभित्र ४६० मिनेट निःशुल्क फोन, २ जिबी ईन्टरनेट डाटा उपलब्ध छ ।

Bulbule
प्रकाशित मितिः मंगलबार, जेठ ६, २०७७     5:49:52 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *