Loading... 29 March 2020|   आइतवार, चैत्र १६, २०७६   

संक्रमण विरुद्ध उद्योग वाणिज्य संघको सर्तकता, छर्यो सार्वजनिक स्थलमा क्लोरिन पाउडर 

  |  448 Views

चैत १२, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले बुधवार वीरेन्द्रनगरका सार्वजनिक स्थलहरुमा क्लोरिन पाउडर छरेको छ ।

विश्वभर महामारीकारुपमा फैलिएको कोरोना ( कोभीड–१९) को नियन्त्रणका लागि क्लोरिन पाउडर छरिएको हो । वीरेन्द्रनगर नगरपालिका संग दमकल र पानीको सहयोग लिई वीरेन्द्रनगरका सार्वजनिक स्थलहरुमा क्लोरिन पाउडर छरिएको उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले बताउनुभयो ।

क्याल्सियम हाईड्रोक्लोराइड र बिलिचिङ पाउडर, लाइनहरु मिसाएर क्लोरिनवाटर ४ हजार लिटरमा १२ सय ग्रामको मिश्रण बनाएर छर्किएको सुर्खेत साइन्स एण्ड सर्जिकलका श्यामकुमार विष्टले बताउनु भयो । उहाका अनुसार यो पाउडरले कोरोनाका किटाणुहरु बाट बच्न सहयोग गर्दछ ।

वीरेन्द्रनगर नगरपालिकाका जनस्वास्थ्य शाखा जनस्वास्थ्य अधिकृत पर्शुराम खड्काले विभिन्न ब्याक्टेरिया भाइरसहरुलाई नियन्त्रण गर्ने काम गर्ने भएकोले यस्तो संयुक्त काम गरेको बताउनुभयो ।

उक्त पाउडर जिल्ला प्रशासन कार्यालय, अस्पताल, नगरपालिका, बजार क्षेत्र लगायतका सार्वजनिक स्थलहरुमा छरिएको हो । संक्रमणबाट बच्न कुनै एउटा संस्थाले गरेरमात्र नहुने भन्दै आम नागरिक स्वयम सचेत हुनु पर्ने सुर्खेत उद्योग वाणिज्य संघले बताएको छ ।

Bulbule
प्रकाशित मितिः बुधबार, चैत्र १२, २०७६     4:51:39 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *