Loading... 29 March 2020|   आइतवार, चैत्र १६, २०७६   

सुर्खेतमा ‘लकडाउन’ उल्लंघन गर्ने चार जना पक्राउ, ३३५ सवारीसाधन नियन्त्रणमा

  |  714 Views

चैत ११, सुर्खेत । सुर्खेतमा सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लंघन गर्ने चार जना पक्राउ परेका छन्। लकडाउनको समयमा बाहिर निस्किएर प्रहरीलाई अवरोध पुर्‍याउने चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

लकडाउनको पहिलो दिन मंगलबार प्रहरी कार्यमा अबरोध सृजना गर्ने चार जना ब्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए। ‘लकडाउन कार्यान्वयनका लागि खटिएको प्रहरीलाई नै अवरोध पुर्‍याएकाले पक्राउ परेका छन्’ उनले भने।

प्रहरी निरीक्षक रायमाझीका अनुसार उनीहरुलाई सचेत गराएर छाडिने छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई मध्यनजर गर्दै मंगलबारदेखि सरकारले देशभर लकडाउन घोषणा गरेको छ।

रायमाझीका अनुसार लकडाउन उल्लंघन गरी चलाइएका सवारी साधन समेत नियन्त्रणमा लिइएको छ। मंगलबार  वीरेन्द्रनगरबाट ६५ वटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए।

यस्तै इप्रका छिन्छुबाट ११८, इप्रका लेकबेशीबाट ५, इप्रका बाबियाचौरबाट २४, गोठिकाडाबाट २९, सुब्बाकुनाबाट ७०, बड्डिचौरबाट २४ गरि कुल ३३५ सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

आज पहिलो दिन भएकाले ती सवारी नियन्त्रणमा लिइएका सवारी साधनलाई जरिवाना तिराएर छाडिने उनले बताए।

 

Bulbule
प्रकाशित मितिः मंगलबार, चैत्र ११, २०७६     7:15:38 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *