Loading... 29 March 2020|   आइतवार, चैत्र १६, २०७६   

दुर्घटनामा दुईको मृत्यु, आफन्त आक्रोशित, टायर बालेर प्रदर्शन

  |  1418 Views

सुर्खेत, फागुन १८ । रत्नराजमार्गको बुलबुलेचोकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ करिब ७ बजेर २० मिनेटमा भे १ त ८१७६ नम्बरको ट्याक्टरले भे ३ प ७४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख उदय सिजापतिले वीरेन्द्रनगर–१० निवासी ३३ वर्षीय यामबहादुर विक र ३२ वर्षीय खगेन्द्र विकको मृत्यु भएको जानकारी दिए। घाइते वीरेन्द्रनगर-८ निवासी २५ वर्षीय तुलबहादुर रजालीको कालागाउस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको उनले बताए। उनको अवस्था गम्भीर रहेको सिजापतिले जानकारी दिए। ट्याक्टर चालक भेरीगंगा-५ निवासी गोपी बुढालाई नियन्त्रणमा लिइसकिएको छ।

ट्राफिक प्रहरी प्रमुख सिजापतिले मोटरसाइकलमा तीनजना सवार रहेको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

दुर्घटनापछि मृतकका आफन्तले जुम्ला रोडमा टायर बालेर प्रदर्शन गरेका छन् । मृतकका आफन्त र स्थानीयले प्रदर्शन गर्दा वीरेन्द्रनगरको अवस्था तनावपूर्ण बनेको छ ।

 

Bulbule
प्रकाशित मितिः आइतवार, फागुन १८, २०७६     10:25:40 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *