Loading... 29 March 2020|   आइतवार, चैत्र १६, २०७६   

भेरीगंगाका प्रमुख प्रशासकीय अधिकृत पौडेललाई अख्तियारले लियो हिरासतमा

  |  421 Views

सुर्खेत, फागुन १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेललाई हिरासतमा राखेको छ ।

अख्तियार स्रोतका अनुसार केही दिन पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको थियो ।

‘फागुन ८ गते भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चित्र बहादुर केसीलाई २ लाख घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको थियो । उनको साथमा भएको मोबाइलको कल रेकर्ड हेर्दा पौडेल पनि छानबिनको दायरामा आएका हुन्,’ स्रोतले भन्यो, ‘हाल उनी अख्तियारको हिरासतमा छन् । अख्तियारले अनुसन्धान गरिरहेको छ । मुद्दाको छानबिन भइरहेकाले अहिले अन्य कुरा भन्न सकिन्न ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार प्राविधिक केसीले नगरपालिकाको वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।

आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले आरोपी केसीलाई घुससहित पक्राउ गरेको थियो । केसीलाई वडा नम्बर १० मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको थियो ।

Bulbule
प्रकाशित मितिः शुक्रबार, फागुन १६, २०७६     9:06:07 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *