Loading... 18 February 2020|   मंगलबार, फागुन ६, २०७६   

मोटिभेस्नल सेमीनारको तयारी पुरा

  |  363 Views

फागुन २, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार संचालन हुने मोटिभेस्नल सेमीनारको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

एस.एच.एल.डि.सि को आयोजना र ट्रष्ट एजुकेसनको सहआयोजनामा संचालन हुन लागेको सेमीनारको सबै तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । सेमीनारमा पब्लीक स्पीकर सिजन २ का विजेता रमेश प्रसाईले उत्प्रेरणाका लागी कक्षा संचालन गर्नुहुनेछ । प्रसाईले आयोजीत पत्रकार सम्मेलनमा उत्प्रेरणा अन्तरक्रियामा अनुभव आदान प्रदान गर्ने अवसरको रुपमा लिनु पर्ने बताउनु भएको छ ।
उपेक्षीत भनिएको कर्णाली प्रदेशका युवाहरुमा यो सेमीनारले केहीगर्नका लागी प्रेरणा प्राप्त हुनेमा आफु विश्वस्त रहेको सहआयोजक संस्था ट्रष्ट एजुकेसन सेन्टरका संचालक हरि कडेलले बताउनुभएको छ ।

आयोजक सस्थाका राम वि सामले करिव ३ घण्टाको सेमीनार भोली शनिबार संचालन गरिने र त्यसमा सहभागीता जनाउनका लागी ३ सय सहयोग शुल्क निर्धारण गरिएको जानकारी दिनुभएको छ ।

Bulbule
प्रकाशित मितिः शुक्रबार, फागुन २, २०७६     5:06:32 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *