Loading... 18 February 2020|   मंगलबार, फागुन ६, २०७६   

समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य निजि क्षेत्र विना असम्भव : अध्यक्ष राणा

  |  182 Views

फागुन २, सुर्खेत । सरकारले निर्धारण गरेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य निजि क्षेत्र विना सम्भव नभएको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बताउनु भएको छ ।

मङ्गलबार प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित उद्योग वाणिज्य संघ कर्णाली प्रदेशको तेस्रो प्रदेश सभा तथा भवन उद्घाटन समारोहमा बोल्दै उहाँले निजि क्षेत्र संग सरकारको सम्बन्ध अनिवार्य रहेको बताउनु भएको हो । उहाले विकासका निम्ती नीति बनाउदा सम्बन्धीत प्रदेशको उद्योग वाणिज्य संघ संग समन्वय गर्नका लागि सबै प्रदेशका सरकारहरु संग सम्झौता भैसकेको बताउनु भएको छ । उहाँले कर्णाली प्रदेश सबै प्रदेश भन्दा सम्पन्न प्रदेश भएको बताउदै यहाँका सम्भावनाहरुको प्रवद्धन गर्नका लागि सरकारले वातावरण बनाउनु पर्ने सुझाव दिनु भयो ।

कर्णाली प्रदेश सरकार अरु प्रदेशका सरकार भन्दा निजिक्षेत्रमैत्री रहेको आफ्नो बुझाई छ भन्दै उहाँले यस क्षेत्रका व्यवसायीहरुले सरकार संग मिलेर निजिक्षेत्रको व्यापक सहभागिता विकासको गति तिब्र पार्नु पर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष निरक केसीले पर्यटन क्षेत्रको विकासका लागि गरिएका सबै प्रयासहरु हिसाव मिलाउनका लागि मात्रै भएको टिप्पणी गर्दै निजि क्षेत्रलाई संगै लगेर गए मात्र सरकारले देखिने गरि प्रतिफल प्राप्त गर्न सक्ने धारणा राख्नु भयो । केसीले प्रविधिको उच्चतम प्रयोग गरेर प्रतिफल प्राप्त गर्ने दिशामा सरकार क्रियाशिलहुनु पर्ने सुझाव दिनुभयो ।

यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले निजि क्षेत्रको प्रवद्धनका लागी स्थानिय तहले लगानि गर्न सक्ने अवश्था नभएको बताउदै सहकार्यका लागी सधै तयार रहेको धारणा राख्नु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णाली प्रदेशको समृद्धिका लागी सरकार संग सहकार्य गरेर जाने बातावरणको सृजना गर्नका लागी पहल भैरहेको बताउनु भएको छ ।

कार्यक्रमका सहभागीहरुले प्रदेशको समृद्धिका लागि निजिक्षेत्रको महत्वपुर्ण भुमिका हुने भन्दै सरकारले लगानीको सुनिश्चितता हुने वातावरण सृजना गरिदिनु पर्ने धारणा राखेका छन ।

Bulbule
प्रकाशित मितिः बिहीबार, फागुन १, २०७६     6:59:46 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *