Loading... 18 February 2020|   मंगलबार, फागुन ६, २०७६   

आफुहरु अन्यायमा परेको घरधनिहरुको गुनासो

  |  2368 Views

माघ २१, सुर्खेत । वीरेन्द्रनगरको जुम्लारोड क्षेत्रका घरधनिहरुले आफुहरु अन्यायमा परेको बताएका छन ।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनिहरुले आफुहरुले दर्ता जग्गानै खरिद गरेकाले प्रशासनले डोजर चलाएर भत्काउन नहुने धारणा राखेका हुन । सो क्षेत्र सार्वजनिक भएको र केहि व्यक्तिहरुले कृते गरि व्यक्तिको नाममा खरिद विक्रि गरेको भन्दै सार्वजनिक सुचना जारी गरि खाली गर्न निर्देशन दिएको छ । सर्बोच्च अदालतको पछिल्लो फैसला पछि उक्त जग्गा सरकारले आफ्नो नामका ल्याए संगै प्रशासनले उक्त क्षेत्र खाली गर्न सुचना जारी गरेको थियो । उक्त क्षेत्रमा संरचना निर्माण गरि बसोवास गरिरहेकाहरुले भने जालसाक्षीको विषयमा आफुहरु संलग्न नभएको दावी गर्दै जालसाक्षी गर्नेहरुलाई कार्वाहि गरी आफुहरुले न्याय पाउनु पर्ने माग गरेका हुन ।

घरधनि चित्रबहादुर वुढाथोकीले आफुहरुलाई नखाएको विष लागेको भन्दै गल्ती गर्नेलाई कार्वाहि गर्नुको साटो विधि पुर्वक आफुहरुले खरिद गरेको जग्गालाई अतिक्रमित भनिएकोमा दु:ख व्यक्त गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालयले गत माघ ८ गते १५ दिने सुचना जारी गरेको थियो ।

Bulbule
प्रकाशित मितिः मंगलबार, माघ २१, २०७६     5:54:36 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *