Loading... 18 February 2020|   मंगलबार, फागुन ६, २०७६   

फागुन ६ गते देखि कर्णाली एक्स पो २ हुदै

  |  787 Views

माघ १५, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आउदो फागुन ६ गते देखि कर्णाली एक्स पो २ महोत्सव संचालन हुने भएको छ ।

बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनवहादुर रावतले अर्गानिक कर्णाली प्रदेशको विकासमा महोत्सवले महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताउनु भएको छ । उहाँले कर्णाली प्रदेशमा रहेको साना तथा घरेलु उद्योग, कर्णालीका आर्गानिक उत्पादनको प्रदर्शनी सहित कृषि उपजहरुको उत्पादनमा बृद्धि गर्नका लागि सहयोग पुग्ने स्टलहरु रहने जानकारी दिनुभएको छ । उहाँका अनुसार महोत्सवमा ५ सय स्टल रहने र २ सय स्टल कृषिजन्य बस्तु र साना तथा घरेलु उद्योगका उत्पादन प्रर्दशनीका लागि छुट्याइएको छ ।

महोत्सवमा कर्णाली प्रदेशको भुमि व्यवश्था कृषि तथा सहकारी मन्त्रालयले सहआयोजकको भुमिका निर्वाह गर्ने जनाइएको छ । कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र भारीका अनुसार मन्त्रालयले विभिन्न शिर्षकमा ४२ लाख खर्च गर्ने छ ।

महोत्सवको सजावटका लागि करोड वढि खर्च गर्ने तयारी आयोजकको छ । महोत्सवमा वाटर प्रुफ टेन्ट र धुलो नउड्ने बनाउनका लागी विशेष व्यवश्था गरिदै छ । महोत्सवबाट संकलित रकमको केही प्रतिशत व्यापारिको सामुहिक हितको लागि स्थापना गरिएको अक्षयकोषमा जम्मा गरिने जनाइएको छ । त्यस्तै महोत्सवमा संकलीत रकम सडक मानवको व्यवस्थापन गरिरहेको निकायलाई प्रदान गरिने सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ ।

Bulbule
प्रकाशित मितिः बुधबार, माघ १५, २०७६     6:54:56 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *