Loading... 25 January 2020|   आइतवार, माघ १२, २०७६   

प्रदेश सरकार प्रदेश शिक्षा नीति ल्याउने अन्तिम तयारीमा छ : मन्त्री रावल

  |  167 Views

सुर्खेत, पुस २४ । कर्णाली प्रदेश सरकार प्रदेश शिक्षा नीति ल्याउने अन्तिम तयारीमा रहेको सामाजिक बिकास मन्त्री दल रावलले बताउनुभएको छ ।

प्रदेश सरकारले नीतिगतरुपमै सामुदायीक तथा संस्थागत बिद्यालयहरुलाई समाबेश गरेर लैजाने उहाँको भनाई छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्याब्सनको २९ औँ प्याब्सन डेमा बोल्दै उहाँले सरकारले शिक्षा क्षेत्रमा भएका लगानीहरुको उचित मुल्याँकन र सम्बोधन गर्ने बताउनु भएको हो । नेपालको शैक्षिक क्षेत्रमा निजीक्षेत्रको ठूलो हात रहेको भन्दै त्यसलाई परिमार्जन गरी कानुनी दायरामा ल्याइनुपर्ने उहाँको भनाई छ ।

देशभर भएका निजि तथा संस्थागत विद्यालयहरुले रोजगारी समेत सृजना गरेकोमा खुसि हुनुपर्ने भन्दै लाखौ बिद्यार्थीको भबिश्य बोकेकाले कुनै लापरबाहि हुन नहुने सुझाव दिनुभयो । नेपाली बिद्यार्थी बिदेशमा अध्ययनका लागि जाने तर उतै हराउने प्रबृर्तिको अन्त्य गर्न बजार सुहाउँदो शिक्षा नीति ल्याइनुपर्ने बताउनु भयो ।

वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमायाँ ढकालले संस्थागत तथा नीजि विद्यालयको सरकारी तहबाटै व्यवस्थापन गर्न सके शैक्षिक गुणस्तरमा थप सहयोग पुग्ने बताउनुभयो । यस्तै प्याब्सनका केन्द्रिय उपाध्यक्ष बालदिप कँडेलले सरकारले संस्थागत विद्यालयहरुलाई सौतेनी व्वहार गरेको आरोप लगाउनु भयो ।

कार्यक्रममा शिक्षा तथा खेलकुद क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ । १३ औं सागमा स्वर्णपदक बिजेता दीपक हमाल, शिक्षा विकास निर्देशनालयका प्रमुख भक्त बहादुर ढकाल, प्याब्सनका पुर्व केन्द्रिय सदस्य पुर्ण बहादुर नेपाली, पुर्व केन्द्रिय सदस्य सिताराम पौडेललाई लामो समय सम्म निजामती तथा शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

Bulbule
प्रकाशित मितिः बिहीबार, पुस २४, २०७६     6:12:47 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *