Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

आगन्तुक प्रतिको व्यबहार सुमधुर बनाऊ : पर्यटनमन्त्री बुढा

  |  317 Views

मंसिर १४, सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले असहाय, असक्त एवं घरवारविहिन बालबालिका लगाएत मानवताको सेवामा लागि परेकोमा तनाव छ जिन्दगी फाउण्डेशनको कार्यको प्रशंसा गर्नुभयो । तनाव छ जिन्दगी फाउण्डेशनले शनिबार सुर्खेतको काँक्रेविहारमा आयोजना गरेको “रन फर अ केस” कार्यक्रमको प्रशंसा गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले भ्रमण वर्ष २०२० लाई भव्यताका साथ मनाउन कर्णाली प्रदेश सरकारले लिएको लक्ष्य पुरा गर्न नागरिकको सहयोग महत्वपुर्ण हुने बताउनु भएको छ । उहाँले आगन्तुकहरुलाई गरिने व्यवहार सुमधुर हुनु पर्ने र अतिथि देवो भव भन्ने मान्यतालाई आत्मसाथ गर्नु पर्ने बताउनु भएको हो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सुरेश मानन्धरले १३ औं शताब्दीमा निर्मित काँक्रेविहारमा भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै र पर्यटन प्रवद्धनका लागि वडा कार्यालयको लगानिमा मिनि चिडियाखाना निर्माण गरिने बताउनु भएको छ ।

कार्यक्रमबाट संकलित रकम घरबार विहिन बालबालिकाको हितमा सहयोग हुने गरि कार्यक्रमको आयोजना गरिएको तनाव छ जिन्दगी फाउण्डेशनका अध्यक्ष संजय योगीले बताउँदै चाँडै कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरिने जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरुले काँक्रेविहारको गेट देखि मुख्य स्थान सम्म संचालन गरिएको दौडमा सहभागिता जनाएका थिए ।

Bulbule
प्रकाशित मितिः शनिबार, मंसिर १४, २०७६     3:30:16 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *