Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

प्रदेश स्तरीय औद्योगिक क्षेत्रका लागी स्थलगत अनुगमन

  |  195 Views

सुर्खेत, मंसिर १० । एक हजार विगाहको प्रदेश स्तरीय औद्योगिक क्षेत्रका लागि स्थलगत अनुगमन गरिएको छ ।

चिंगाडमा रहेको रानी चौतारी वन समुह उपभोक्ता समितिको वनमा स्थलगत अनुगमन गरिएको हो । निजि औद्योगिक क्षेत्रका लागि पुरै जग्गाको अवस्था हेर्दा निकै सम्भावना रहेको औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड काठमाडौका ईन्जीनियर राम शंकर जयसवालले बताउनुभयो । कर्णाली प्रदेश भौगोलीक अवस्था केही नमिलेकाले सामान्य केहि समस्या भएपनि निजि औद्योगिक क्षेत्रका लागी उपयुक्त ठाउ रहेको उहाँको भनाई छ ।

कर्णाली प्रदेशमा रहेका औद्योगिक क्षेत्रमा चाहिने सम्पुर्ण पुर्वधारहरु मध्य विद्युत र यातायात अति आवश्यक रहेको उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले बताउनु भएको छ । एक हजार विगाहको प्रदेश स्तरीय औद्योगिक क्षेत्रका लागि सम्पुर्ण उद्यमि मिलेर सहयोग गरिने अध्यक्ष रावतले बताउनु भयो ।

Bulbule
प्रकाशित मितिः मंगलबार, मंसिर १०, २०७६     6:15:55 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *