Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

प्राबिधिक शिक्षा संचालनका लागि धार्मिक हिरक महोत्सव

  |  87 Views

मंसिर १०, सुर्खेत । सुर्खेतको लेकवेसी नगरपालिका वडान १ मा प्राबिधिक शिक्षा संचालनका लागि धार्मिक हिरक महोत्सव २०७६ मंसिर १४ देखि सुरु हुने भएको छ ।
प्राविधिक ३ वर्षे भेटेनरी जेटिए तथा कम्प्युटर ईन्जिनियर शिक्षा र दिगो अक्षयकोष निर्माणका लागि महोत्सव आयोजना गरिएको हो ।

विद्यालयको सर्वाङ्गिण विकास गरी सुबिधा सम्पन्न स्मार्ट विद्यलायमा गुणस्तर प्राबिधिक धार ३ वर्षे भेटेनरी जेटिए तथा कम्प्युटर ईन्जिनियर तर्फको कक्षा संचालन गर्नका लागि हिरक महोत्सव लाग्ने विद्यालय ब्यवस्थापन तथा महोत्सवका अध्यक्ष मोहन थापाले बताउनु भयो ।

मंसिर १४ गते देखि २० गते सम्म सञ्चालन हुने महोत्सवबाट झण्डै २ करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष थापाको भनाई रहेको छ । धार्मिक कथा बाचन गरिने छ भने बिभिन्न राष्टिय कलाकारहरुको बेजोड प्रस्तुति रहने उहाँले जानकारी दिनु भयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका सम्पुर्ण शिक्षा प्रेमिहरुलाई महोत्सवमा आएर सहयोग सँगै मनोरञ्जन गरिदिन उहाँले आग्रह समेत गर्नु भएको छ ।

Bulbule
प्रकाशित मितिः मंगलबार, मंसिर १०, २०७६     5:20:12 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *