Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

विश्व अन्तराष्ट्रिय दण्डहिनताविरुद्धको दिवस सुर्खेतमा पनि मनाइयो

  |  74 Views

सुर्खेत, मंसिर ८ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विश्व अन्तराष्ट्रिय दण्डहिनताविरुद्धको दिवस मनाईएको छ ।
आईतबार नेपाल पत्रकार महासंघ सुर्खेतको समन्वयमा र नेपाल पत्रकार महासंघ प्रदेश समितिको आयोजनामा विश्व अन्तराष्ट्रिय दण्डहिनताविरुद्धको दिवस मनाईएको हो । सुर्खेतका पत्रकार लगाएत रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सहभागीतामा प्रेस स्वतन्त्रता ¥याली तथा कोणसभा गरि दिवस मनाइएको हो ।

क्लबका सभापति ऋषि धमलाले प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयनको लागि सरकार गम्भिर बन्नुपर्ने बताएका छन् । पूर्ण प्रेस स्वतन्त्रताबिना मुलुक विधिको शासनमा चल्न नसक्ने धमलाको भनाई छ । सबै पत्रकार सुरक्षीत हुनु पर्ने र दण्डहिनता अन्त्यका लागि एकजुट हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द सेजुवालले मुलुकमा दण्डहिनताबाट सृजित परिस्थीतिबाट पीडित बनेका पत्रकारहरुलाई सरकारले न्याय दिलाउन नसकेको बताउनु भएको छ । द्धन्द्धकाल देखि अहिले सम्म समाचार लेखेकै भरमा मारिएका, बेपत्ता पारिएका पत्रकारहरुको दोषीलाई कारबाही गर्न नसक्नु सरकारको कमजोरी भएको उहाँको भनाई छ ।

कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखाका सभापति गणेश कञ्चन भारती, केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल, प्रदेश अध्यक्ष दुर्गा थापा, महासचिव दिपेन्द्र शर्माले दण्डहिनताको अन्त्यबारे आ–आफ्नो धारणा राख्नु भएको छ ।

Bulbule
प्रकाशित मितिः आइतवार, मंसिर ८, २०७६     6:53:48 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *