Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

प्रदेश अस्पतालबाट रिफर नहुने गरी काम गरिनेछ : राज्यमन्त्री रावत

  |  149 Views

सुर्खेत, मंसिर ८ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले प्रदेश अस्पताल सुर्खेतलाइ सुविधा सम्पन्न बनाउने बताएका छन् । प्रदेश अस्पताल सुर्खेतमा आयोजित कार्यक्रममा राज्यमन्त्री रावतले यस्तो बताएका हुन ।

राज्यमन्त्री बनेपछी पहिलो पटक अस्पताल पुगेका रावत ले अन्य प्रदेश भन्दा पछाडि परेको प्रदेशका नागरिकहरुले स्वास्थ्य क्षेत्रमा धेरै समस्या भोगेका उदाहरणहरु देखे भोगेका कारण पनि प्रदेश अस्पताललाई सुविधा सम्पन्न गर्न आवश्यक रहेको बताए ।

‘हामी यसरी सुविधा सम्पन्न बनाउँ यो अस्पतालमा आएका बिरामीहरु अन्य ठाउँमा रिफर गर्न नपर्ने गरी मैंले योजना बनाएको छु ।’ मन्त्री रावतले भने, तपाइँहरुका हरेक समस्या आफ्नै दाजु, भाई सम्झेर समस्या राख्नुहोस ।

उनले भने, ‘अस्पतालको विकासका लागि प्रदेश तथा संघीय सरकारसँगै आफ्नो व्यक्तिगत निरन्तर सहयोग रहनेमा विश्वस्त रहनुहोस् ।’ उनले अतितका गलत परम्परा तथा विकृति विसंगतिलाई तत्काल हटाएर समय सापेक्ष अस्पताल सुधारको प्रक्रियामा अगाडि बढ्न निर्देशन समेत दिए ।

Bulbule
प्रकाशित मितिः आइतवार, मंसिर ८, २०७६     6:27:50 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *