Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

सप्तरंग यात्राका क्रममा महानायक हमाल सहित राष्ट्रिय कलाकारहरु सुर्खेतमा ÷ भोली भव्य सांगतिक कार्यक्रम आयोजना हुदै

  |  368 Views

कार्तिक २७, सुर्खेत । शान्ती र सद्भावका लागी सप्तरंग यात्राका क्रममा राष्ट्रिय स्तरका कलाकारहरु ले भोली सुर्खेतमा भव्य प्रस्तुती दिने भएका छन ।
पर्यटन वर्ष २०२० लाई प्रवद्र्घन गर्ने उदेश्यले पहिलो पटक राष्ट्रिय स्तरका अनुहारहरु सुर्खेत आईपुगेका हुन ।

महानायक राजेश हमाल सहितको ७ जना कलाकारहरुको टोलीले विरेन्द्रनगरमा संक्षिप्त पत्रकार भेटघाट कार्यक्रम गर्दै कर्णाली प्रदेश सांस्कृतिक हिसावले भरिपूर्ण रहेको प्रतिक्रिया दिएका छन । महानायक राजेश हमालले यस क्षेत्रको कला संस्कृतिलाई आफुले यस अघि पनि पटक पटक नियाल्ने मौका पाएको बताउनुभयो । उहाँले यस पटक भने आफुहरु फरक तरिकाले सुर्खेत आईएको बताए । प्रादेशिक संरचना पछि कर्णालीको राजनितीक , सामाजिक , आर्थिक परिवेश नियाल्ने मौका पाएको बताउनुभयो ।

त्यसैगरी भोली हुने कार्यक्रममा महानायक राजेश हमाल सहित हास्यकलाकार जितु नेपाल, लोक गायक प्रकाश सपुत, गायीका मेलीना राई, सुगम पोख्रेल र नेपाल आईडल रबि ओडको समेत उपस्थिती रहने छ । कलाकारहरुले फरक खालको सांस्कृतिक कार्यक्रममा आम दर्शकको उल्लेख्य सहभागीता हुने अपेक्षा लिएको बताएका छन ।

गृष्मा ब्रोडकास्टीग नेपालको आयोजनामा काफिया मिडिया सेन्टर सुर्खेतले कार्यक्रमको संयोजन गरेको हो ।
नेपाल भ्रमण वर्ष २०२०लाई प्रवद्र्घन गर्ने उदेश्यले कलाकारहरु देशका विभिन्न ठाउहरुमा प्रस्तुती देखाईरहेका छन ।

भोली दिउसो साढे २ बजे देखी सुर्खेत स्थित सामाजिक विकास मन्त्रालय नजिकको खुल्ला मैदानमा कार्यक्रमको आयोजना गरिएको काफिया मिडिया सेन्टरका संचालक गणेशकन्चन भारतीले जानकारी दिनुभयो ।

‘सप्तरंग’ मार्फत् सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैल्याउने कार्यक्रम रहेको गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेको भनाई छ ।
कला संस्कृतिलाई उजागर गर्दै गत बुधवार देखी झापाको बिर्तामोडबाट कार्यक्रम शुरु गरिएको थियो ।

विर्तामोडलगत्तै कात्तिक २२ मा वीरगन्ज, २४ मा चितवन, २६ मा नेपालगन्ज, २८ भोली सुर्खेत , ३० गते मा महेन्द्रनगर र मंसिर ४ गते पोखरा पुगेर कार्यक्रमको समापन हुनेछ आयोजकले जनाएको छ ।

यस कार्यक्रममा नेपाल टेलिकमको 4G सिमकार्ड फ्रि मा वितरण भैरहेको छ  । नया सिम लीनका लागी आवस्यक कागजात : नागरीकता वा पासपोर्ट वा लाइसेन्सको फोटोकपी १ थान  र पासपोर्ट साइज को फोटो १ थान बुझाउनु पर्नेछ ।

Bulbule
प्रकाशित मितिः बुधबार, कार्तिक २७, २०७६     6:49:03 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *