Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

चलचित्र “एकादेशको कथा” को गीत घन्काइदेउ मादलु शुक्रबार सार्वजनिक

  |  401 Views

कार्तिक ८, सुर्खेत । चलचित्र एकादेशको कथा मा समावेश गरिएको चर्चित गीत घन्काइदेउ मादलु शुक्रबार सार्वजनिक गरिएको छ । ओ.एस.आर. म्युजिक मार्फत सुर्खेतमा छायांकन गरिएको चलचित्रको यो गीत रिलिज गरिएको हो ।

नेपालकै चर्चित लोक दोहोरी गायिका टीका पुन र शिव संगीतको स्वरमा रहेको यो गीतमा नायक धिरेन शाक्य, मोडेल तथा कलाकार शंकर वि.सी., गौरभ पहाडी, दिपाशा बिसि, सीता भण्डारी, यामनाराण आचार्य लगायतले अभिनय गरेका छन् ।

नेपालकै लोकपृय कलाकार प्रेमदेव गिरी र चलचित्र निर्देशक निर्मल प्याकुरेलको रचना तथा नृत्य निर्देशक कुलमान नेपालीको संगीत रहेको यो गीत फाष्ट विट तथा झ्याउरे भाकामा रहेको छ । चलचित्रका निर्माता भरत चन्द र यामनारायण आचार्य रहेका छन् ।

Bulbule
प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६     5:19:31 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *