Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

तरुणदल सुर्खेतको आयोजनामा फुटसल प्रतियोगिता

  |  248 Views

कार्तिक ८, सुर्खेत । नेपाल तरूण दलको ६६ औँ स्थापना दिवसका अवसरमा तरुणदल सुर्खेतले फुटसल प्रतियोगिता संचालन गरेको छ ।

कार्यक्रममा बोल्दै पुर्व संचार राज्यमन्त्री तप्तबहादुर विष्टले दुई तिहाईको सरकारले कांग्रेस कार्यकर्तालाई विभिन्न आरोप लगाई षड्यन्त्र पुर्वक फसाउन खोजेकोले सचेत रहन आग्रह गर्नुभयो ।

राजनितिक परिर्वतनका लागि यूवाहरुको रचनात्मक भुमिका अपरिहार्य छ भन्ने सन्देश प्रवाह गर्न स्थापना दिवसको अबसर पारेर फुटसल प्रतियोगिता संचालन गरिएको तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिनुभयो ।

तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टको अध्यक्षतामा फुटसल संचालन भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, भातृ तथा सुभेच्छुक संघ संगठनका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । शुक्रबार देखि सुरु भएको प्रतियोगिता आईतबार सम्पन्न हुनेछ ।

Bulbule
प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६     3:40:39 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *