कार्तिक १, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेमा मंसिर १८ गतेबाट २४ गतेसम्म नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजना तथा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको प्रबद्र्धनमा “प्रथम राष्ट्रिय औद्योगीक व्यापार, कृषि, नविनतम् प्रविधि एवम पर्यटन महोत्सब २०७६” लाग्ने भएको छ ।
आयेजकले वीरेन्द्रनगरमा शुक्रबार पत्रकार सम्मेलन मार्फत महोत्सव लाग्ने जानकारी गराएको हो । हाल सम्म ४ लाख बराबरको हारहारीमा उद्योग स्थापना भएकोमा ४१ हजार १ सय ९५ करोड लगानी भएको र त्यसमा ५ लाख आवद्ध भएकोमा घरेलु तथा साना उद्योगको प्रर्वदनमा खासै प्रचार प्रसार हुन नसकेको ले मेला आयोजना गरीएको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्र बहादुर बि.सीले जानकारी दए ।
महोत्सबमा कणालीका स्थानीय उत्पादनका राडिपाखी, जडिबुटिहरुको बजारीकरणका साथै जौ को मःमः, फापरको चाउमीन, लगर, चोतीको अचार, चिनो मार्सीको चामलको खिर लगायत अन्य कर्णालीका स्थानीय रैथाने परिकारहरुको स्वाद पस्किने जनाएको छ ।
त्यस्तै कर्णाली प्रदेशको पर्यटन प्रर्वदन तथा नेपाल भर्मण बर्ष २०२० लाई सफल बनाउन कर्णालीका पर्यटकीय स्थानहरुको ब्यापक रुपमा प्रचार प्रसार गरीने बताएको छ । महोत्सबमा स्थानीय कला, संस्कृतीको प्रस्तरतीका साथै राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताइएको छ ।
मेला व्यवस्थापनका लागी करीब ८० लाख खर्च हुने र महोत्सवबाट कुल ८५ लाख बराबरको आम्दानी हुने आयोजकको अनुमान छ । महोत्सवमा करीब २ सय स्टल राखीने छ ।
