Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

चलचित्र “रातो टिका निधारमा” को शिर्ष गीत सार्वजनिक, मल्टीस्टार कलाकारहरु एकैसाथ देखिए ।

  |  161 Views

बुलबुलेखबर, काठमाडौ । अशोक शर्मा निर्देशित अत्यन्त प्रतिष्ठित चलचित्र “रातो टिका निधारमा” को दोश्रो गीत युट्युबमा सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको शिर्ष गीत सार्बजनिक गरिएको हो ।

चलचित्र “रातो टिका निधारमा” को शिर्षगितमा निर्माता एवम निर्देशक अशोक शर्माको सुपुत्र (अंकित शर्मा)को मुख्य भूमिका रहेकोछ भने साम्राज्ञी आर एल शाह मुख्य नायिकामा रहेकीछिन । यि अलावा निता ढुंगाना, बुद्धी तामाङ, रबिन्द्र झा, खुस्बु खड्का, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, अरुणा कार्की, शिवहरी पौडेल, राजाराम पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ, गजित बिष्ट लगायत कलाकारहरुको अभिनय रहेकोछ ।

राजेश हमाल अभिनित चलचित्र “अल्लारे” मा समाबेश गरिएको उक्त गीतको आवाज उमेश पाण्डे र रमणा श्रेष्ठ को रहेको थियो भने यो गीतमा प्रमोद खरेल र मेलिना राइको सुमधुर आवाजमा रहेको छ भने संगितमा सम्भुजित बास्कोटा नै रहेका छन । गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ भने छायांकनमा पुरुशोत्तम प्रधान सम्पादनमा मित्र देव गुरुङको रहेकोछ । चलचित्र “रातो टिका निधारमा” २०७६ असोज १० गते प्रदर्शन हुनेछ ।

गीत एवम ट्रेलर हेर्न यहाँ क्लिक गर्नु होला ।

Trailor

Bulbule
प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६     5:58:54 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *