Loading... 1 June 2020|   सोमवार, जेठ १९, २०७७   

शहिदहरुको सपना पुरा भएको छैन : मन्त्री केसी

  |  274 Views

श्राबण २५, सुर्खेत । कर्णाली प्रदेश प्राप्तिका लागि बलिदान दिने शहिदहरुको सपना पुरा नभएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बताउनु भएको छ ।

चौथो शहिद स्मृति दिवसको कार्यक्रममा शहिदको बलिदानले मात्र कर्णालीका बासिन्दा हौ भनेर गर्व गर्न पाइएको भएपनि शहिदले देखेका सपना पूरा गर्न नसकिएको बताउनुभएको हो ।

प्रदेश सरकारले शहिदको बारेमा सोचे अनुसार काम गर्न नसकिएको स्वीकार्दै प्रदेश प्राप्तिसँगै अधिकारका लागि बलिदान दिने शहिदहरुको सम्झनामा एउटा प्रतिष्ठानले स्मृति दिवसको आयोजना गरेको बताउनुभयो । शहिद परिवारका लागि हामी के ग¥यौ समिक्षा गर्न जरुरी छ भन्दै मन्त्री केसीले आन्दोलनमा सुर्खेतीहरुको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

शहिदको बलिदानबाट प्राप्त भएको प्रदेशमा कसैले अनियमितता गरेमा पहिलो खबरदारी गर्ने अधिकार शहिद परिवारलाई भएको उहाँको भनाई थियो ।

यसैगरि जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले शहिदहरुको सपना पूरा भए भएनन भनेर मूल्याङ्कन गर्ने बेला आएको बताउदै शहिदका परिवारको सुख दुखमा साथ दिने विश्वास ब्यक्त गर्नुभयो ।

शहिद परिवारका सदस्यहरुले भने कर्णाली प्रदेश सरकारले गरेका कार्यहरु प्रति असन्तुष्ट ब्यक्त गरेका छन । शहिद परिवारसँग भएका निर्णयहरु कार्यान्वयन हुन नसक्नु, शहिद परिवारलाई एउटा परिचय पत्रको समेत व्यवस्था गर्न नसक्नु र शहिद परिवारलाई रोजगारको व्यवस्था गर्न नसक्नु प्रदेश सरकारको कमजोरीपना भएको याम बिसी प्रतिष्ठानका सचिव एवम शहिद याम बहादुर बिसीकी बहिनी भगवति विसीको भनाई छ ।

शहिदको स्मृतिमा ‘कर्णाली प्रदेशको समृद्धि र शहिदको सपना’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

Bulbule
प्रकाशित मितिः शनिबार, साउन २५, २०७६     8:28:02 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *