Loading... 1 June 2020|   सोमवार, जेठ १९, २०७७   

क्वीज मेनिया सिजन ७ को सहभागी छनोट

  |  759 Views

साउन २४, सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक विश्वव्यापी स्तरको क्वीज मेनिया सिजन ७ को सहभागी छनोट गरिएको छ ।

कार्यक्रममा कर्णाली प्रदेश प्रमुख दुर्गा केशर खनालले कर्णाली प्रदेशमा यस्ता खाले कार्यक्रमले दुरगामी असर पार्न सक्ने भन्दै यस्तो कार्यक्रम भोलीका दिनमा पनि संचालन गरिनु आवश्यक रहेको बताउनु भयो ।

विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले सुर्खेतका विभिन्न बोडिङ स्कुलहरुबाट २-२ जना सहभागी गराई छनोट गरीएको थियो ।

क्वीज मेनिया सिजन ७ को ¥यापिड फायर राउण्डमा सुर्खेतबाट साउथ एशियन स्कर्लश एकेडेमीका एज्ञ बि.सी र सुमन पुन मगर प्रथम हुनुभएको छ भने द्धितीय आर्दशराज मेमोरीयल एकेडेमीका राहुल भण्डारी र राजेन्द्र सार्कि छनोट हुनुभएको छ ।

प्रथम र द्धितीय हुने लाई अगस्त ११ मा काठमान्डौंमा आयोजना गरिने फाईनल राउण्डमा सहभागी गराईने एक्रेटिभ मिडियाका प्रमुख कार्यकारी अधिकृत तथा क्वीज मेनिया सिजन ७ का निर्माता हरि पोखरेलले जानकारी दिनुभयो ।

छनोट कार्यक्रममा महानायक राजेश हमालले एउटा समुहलाई १ मिनेटमा १२ वटा प्रश्न सोध्नु भएको थियो ।

प्रतियोगितामा विश्वमा रहेका उच्च माध्यामिक स्तरमा अध्ययनरत विद्यार्थीको सहभागिता रहने बताईएको छ ।

उक्त प्रतियोगिताले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने मौका प्राप्त गर्नुका साथै उनीहरुका लागि यो कार्यक्रमले एक अर्कालाई नजिकबाट चिन्ने, सांस्कृति, शिक्षा आदानप्रदान हुने र नेपालको पर्यटनमा समेत प्रवर्धन हुने आयोजकले अपेक्षा लिएको छ ।

विश्वव्यापी स्तरको क्वीज मेनिया सिजन ७ को आयोजना एक्रेटिभ मिडियाले गरेको हो ।

Bulbule
प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६     6:11:32 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *