| 175 Views
बुलबुलेखबर, काठमाडौ । साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङको मुख्य भूमिका रहेकाे फिल्म “मारुनी” ट्रेलर सार्वजनिक भएकाे छ ।
प्रेमकथामा आधारित उक्त चलचित्रमा दुई युवतीको सुन्दर कथामा चित्रित गरिएकोछ । अघिल्लो महिना गीत र पोस्टर सार्वजनिक गरिएको सो चलचित्रलाई नवल नेपालले निर्देशन गरेकाहुन । निर्देशक नेपाल गतबर्ष अत्यधिक रुचाइको “मंगलम” चलचित्र मार्फत चर्चित रहेकाहुन ।
आउदो भाद्र १३ गते देशभर प्रदर्शन हुने चलचित्र “मारुनी” को प्रमुख निर्माता पुनम छेत्री गौतम रहेकीछिन भने छांयाकनमा सञ्जय लामा, सम्पादनमा मित्र डि गुरुङ रहेकाछन भने अन्य कलाकारहरुमा अर्जुन श्रेष्ठ, आयुश प्रधान, सुशिल छेत्री लगायतको अभिनय रहेकोछ ।
चलचित्रको संगितमा अर्जुन पोखरेल, दिपक बज्राचार्य र कृष्ण काफ्लेको रहेको छ ।
ट्रेलर हेर्न यहाँ क्लिक गर्नु होला ।

बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।