Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

निर्मल शर्मा/कमलकान्त मैनाली निर्देशित “चुरीफुरी डट कम” मा प्रभात रिमालको धमाकेदार प्रबेश, यस्तो छ सम्पूर्ण विवरण ( भिडीयो )

  |  492 Views

बुलबुलेखबर,काठमाडौ । निर्देशक एवम हांस्य कलाकार निर्मल शर्माको आफ्नै निर्देशनमा तयार गरिएको वेबसिरिज टेलीसिरियल “चुरीफुरी डट कम” मा पुराना तथा ख्यातीप्राप्त कलाकार सँगै बिभिन्न प्रख्यात व्यक्तीहरुको समेत अभिनय देख्न सकिन्छ ।

बोधी एच डि नामक च्यानलमा हरेक हप्ता प्रशारण हुने सो टेलीसिरियलमा अर्को चर्चित मिडियापर्सन एवम ईभेन्ट अर्गनाइजर प्रभात रिमालको पनि अभिनय रहेकोछ । स्मरणिय रहोस प्रभात रिमाल कान्तिपुर एफ एमका स्टेसन मेनेजर रही सकेकाछन भने अन्य धेरै चलचित्र, टिभी बिज्ञापनहरुमा पनि अभिनय गरिसकेका छन । नेपाली चलचित्र “सिङ् दरबार २” मा शसक्त अभिनय गरेका रिमालले निर्मल शर्माको वेबसिरिज टेलीसिरियल “चुरीफुरी डट कम” पनि आफ्नो अभिनय क्षमता देखाउन तत्परताका साथ लागिरहेकाछन ।

वेबसिरिज टेलीसिरियल “चुरीफुरी डट कम” मा निर्मल शर्मालाई अर्का चर्चित निर्देशक कमलकान्त मैनालीको निर्देसकिय सहयोग रहेकोछ । निर्मल शर्मा र कमलकान्त मैनालीको संयुक्त निर्देशनमा गतबर्ष एपी वान एच डि टिभीमा प्रसारित “टेन टु फाइभ” टेलीसिरियल दर्शकहरुले अत्यधिक रुचाएका कारण अहिले वेबसिरिज टेलीसिरियल “चुरीफुरी डट कम” बनाईएको हो । उक्त वेबसिरिज टेलीसिरियल “चुरीफुरी डट कम” मा अधिकांस कलाकार “टेन टु फाइभ” कै छन भने केही नयाँ कलाकारहरु लाई पनि अवसर दिईेएकोछ ।

निर्मल शर्मा, कमल कान्त मैनाली, रजनी केशी, केशब भट्टराई, सुभाष गजुरेल, घनश्याम गौतम, मुकुन्द मैनाली, रबी शर्मा “घाटो”, गजित बिष्ट, खुस्बु खड्का, सुरेश तिमिल्सिना, सुनिता श्रेष्ठ, योगेन्द्र श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेकोछ ।

कमलकान्त मैनालीको कथा रहेको सो हांस्य टेलीश्रृंखलामा गीतको शब्दमा शान्तीप्रिय, संगितकार शम्भुजित बास्कोटा, क्यामेरा राजु केसी, सम्पादन चन्दन दत्त रहेकाछन । खुशी खुशी फिल्मको प्रस्तुती रहेको सो हांस्य टेली श्रृंखला “चुरीफुरी डट कम” लाई ईमाइली लामा र रमेश एम के पौडेलले निर्माण गरेका छन ।

 

Bulbule
प्रकाशित मितिः मंगलबार, साउन १४, २०७६     12:18:23 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *