Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

गुन्जिए गायक सुमित खड्का

  |  389 Views

काठमाडौ । राष्ट्रिय भावकाका गीत संगितका चर्चित गायक सुमित खड्का गएराती आफ्नो एकल सांगितिक सांझमा गुन्जिएकाछन । शुभकामना मिडिया शोलुसनको आयोजना एवं म्यूजिक खबर र यूनिभर्सल पिस फेडरेशनको सहकार्यमा भएको “सुमित खड्का देशको आवाज” कार्यक्रममा राष्ट्रिय भावका १५ वटा गीतहरुसँगै खड्काले प्रज्ञा भवनको प्रेक्षालय गुन्जयमान बनाएका थिए ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, कानूनमन्त्री भानुभक्त ढकाल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति नारायणभक्त श्रेष्ठ (रायन), माननीय सांसद खेम नेपाली, नवराज सिलवाल, पूर्व मन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइराला, पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, पूर्व मन्त्री भगवती चौधरी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नायिका निर्देशक दिपाश्री निरौला लगायतको शुभकामना मन्तव्यसँगै कार्यक्रम औपचारिक सुरु भएको थियो ।

कार्यक्रम लोकप्रिय संचारकर्मी नरेश भट्टराईले संचालन गरेका थिए ।
कार्यक्रममा आयोजकका तर्फबाट शुभकामना मिडिया सोलुशनका अध्यक्ष सुमन बैरागीले स्वागत मन्तव्य राख्दै नेपाली संगीत इतिहासमा सम्भवतः यो नै पहिलो होला देशभक्ति गीतहरुको एकल साँझ भएको बताएका थिए । राष्ट्रियताप्रति कर्तव्यवोध गराउनका लागि गरिएको एकल गायन कार्यक्रमले राष्ट्रप्रतिको जिम्मेवारी बोध गराउन विश्वास लिएको बताउँदै अध्यक्ष बैरागीले सम्पूर्ण देशभक्तहरुलाई एकै ठाउँमा उभिएर राष्ट्रियता बचाउने अभियानमा लाग्न कार्यक्रमले उत्प्रेरित गर्ने बताए ।

कार्यक्रममा गायक खड्काकै स्वरमा रहेका गीतहरुमा डान्स फिवरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई राष्ट्रिय झण्डा प्रदान गरिएको थियो । गीतसँगै राष्ट्रिय झण्डा हातमा लिएर दर्शकदीर्घामा रहेका सांगीतिक मनहरु नाचेका थिए । कार्यक्रममा गायक खड्काले हिमाल पहाड तराई, कर्म गर्न कहिल्यै पछि पर्नु हुँदैन, मेरी आफ्नी आमा भन्दा, मेरो देश सुन्दर छ है, म जहाँ जाउँ विश्वका कुना, हिमालको पानीले सिंचिनु छ तराई, हिजोभन्दा आज राम्रो, जाँगरिला युवा हामी लगायतका १५ वटा गीत प्रस्तुत गरेका थिए ।

गायक सुमित खड्काको केही लोकप्रिय गीतहरु यही राखीएकोछ ।

Bulbule
प्रकाशित मितिः शुक्रबार, साउन १०, २०७६     11:52:16 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *