Loading... 13 November 2019|   बुधबार, कार्तिक २७, २०७६   

जिल्ला बन प्रमुख चार लाख घुस सहित पक्राउ

  |  423 Views

असार २७, सुर्खेत । जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले लामा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको पुष्टि गरेको छ । ‘लामालाई घुससहित पक्राउ गरिएको छ’, अख्तियारका प्रवक्ता कोइरालाले भने, ‘लामा एकजना पक्राउ परेका छन्। यसबारे विस्तृत विवरण आइसकेको छैन।’

Bulbule
प्रकाशित मितिः शुक्रबार, असार २७, २०७६     1:37:23 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *