Loading... 15 October 2019|   मंगलबार, असोज २८, २०७६   

कलाकार एवम निर्माता भानु प्रतापको “क्या क्या” गीत सार्वजनिक ।

  |  332 Views

बुलबुलेखबर, काठमाडौं । एमसन इन्टरटेनमेन्ट तथा अरबिट अस्ट्रेलिया ग्रुपको संयुक्त प्रस्तुतीमा नेपाली कलाकारहरु अभिनय रहेको “क्या क्या” बोलको हिन्दी गीतको भिडियो सार्वजनिक गरिएकोछ ।
भानु प्रताप र अमर रसाइलीको संयुक्त निर्माणमा तयार पारीएको “क्या क्या” गीतको भिडियो को निर्देशन मनोज अधिकारीले गरेका हुन भने पुकार गौताम, रोजी पन्त, दिपा श्रेष्ठ, सन्दिप जो लगायतको अभिनय रहेको छ । प्रभात यादवको आवाजमा रहेको सो गीतको संगित अन्जान श्रेष्ठको रहेकोछ भने भिडियोलाई राह शर्माले खिचेका हुन ।


हाइलाइट नेपालको युट्युब च्यानलमा राखिएको सो गीतको भिडियो सम्पादक सुरेन्द्र पौडेलको रहेकोछ भने भिडियोको मेकिङ कन्सेप्ट भानु प्रतापकै रहेकोछ ।


लामो समय नेपाली चलचित्र क्षेत्रमा बिताउनु भएका कलाकार एवम निर्माता भन्नु प्रताप अहिले अस्ट्रेलिया छन । केही महिना देखी अस्ट्रेलियामा बसेका भानु प्रतापले केही नेपाली सिनेमाको बितरकको कामगर्दै आएतापनि नेपाली सिनेमा बनाउनका लागि प्रयाप्त समय नमिलेको कारणले म्युजिक भिडियो तर्फ लागेको बताएका छन । “हिन्दी” गीत नै किन गर्नु भयो त ? भन्ने सम्बन्धमा चाँही यसरी सुनाएका थिए, “साथी भाई सँग गीत मागे तर कुनै पनि नेपाली गीत उपयुक्त लागेन त्यसकारण हिन्दी गीतको भिडियो बनाएको हुँ, यस्मा सबै कलाकार नेपालीनै हुनुहुन्छ ।
अत्यन्त सुमधुर आवाजमा रहेको भिडियोको मेकिङ अत्यन्त उच्च छ । अस्ट्रेलिया बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको सो गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।

Bulbule
प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६     11:17:46 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *