Loading... 23 July 2019|   मंगलबार, साउन ७, २०७६   

पत्रकारमाथि गरिएको हातपातको भत्र्सना

  |  268 Views

सुर्खेत, २० असार । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष र कर्मचारीले पत्रकारमाथि गरेको हातपात र दुव्र्यवहारप्रति विभिन्न संघसंस्थाहरुले भत्र्सना गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, कर्णाली प्रदेश समिति र नेपाल प्रेस युनियन केन्द्रीय समितिले शुक्रबार छुट्टाछुट्टै विज्ञप्ती जारी गरी घटनाको भत्र्सना गरेका हुन् ।

संस्थाका अध्यक्ष कुलमणी देवकोटाको संलग्नतामा सुर्खेत उपत्यका खानेपानी संस्थाका कर्मचारीहरुले असार १८ गते देउती तीर्थयात्री टेलिभिजनमा कार्यरत पत्रकार बुद्धिसिंह ठकुरी, नवराज रोकाय र भीमबहादुर परिवारलाई हातपात र दुव्र्यवहार गरेकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले सुर्खेतमा भएको घटनाले प्रेस युनियनलाई मर्माहत र आक्रोशित बनाएको जनाएका छन् । नेपाल प्रेस युनियन सुर्खेतका बुद्धिसिंह ठकुरीसहितका पत्रकारमाथि भएको हातपात र दुव्र्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी भएको प्रेस युनियनको ठहर छ । उनले घटनामा संलग्नलाई कार्वाही गर्न माग गरेका छन् । ‘पत्रकारहरुमाथि हातपात र दुव्र्यवहारको घटनामा संस्थाका अध्यक्ष कुलमणि देवकोटा आफै संलग्न भएको कुराले हामी अझै मर्माहत मात्र भएका छैनौं आक्रोशित समेत भएका छौं’ विज्ञप्तीमा भनिएको छ ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले विज्ञप्ती जारी गर्दै पत्रकारमाथिको दुव्र्यवहार प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको ठहर गरिएको छ । प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापको भत्र्सना गर्दै दोषिलाई कानून कार्वाही गर्न महासंघले माग गरेको छ । त्यस्तै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका महासचिव दिपेन्द्र शर्माले पनि विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेका छन् ।

Bulbule
प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६     9:26:35 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *