Loading... 19 November 2019|   मंगलबार, मंसिर ३, २०७६   

कर्मचारी नियुक्तिका लागि आव्हान गरेको विज्ञापनमाथि उच्च अदालत सुर्खेतलेअल्पकालीन आदेश जारी

  |  456 Views

असार १८, सुर्खेत । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले प्रक्रिया विना नै कर्मचारी नियुक्तिका लागि आव्हान गरेको विज्ञापनमाथि उच्च अदालत सुर्खेतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । विज्ञापन त्रुटिपूर्ण रहेको भन्दै संस्थाका स्किम प्रमुखहरु शिवप्रसाद गौतमलगायतले मंगलवार परमादेशका लागि उच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

बुधवार दिउँसो उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेलको एकल इजलाशले असार २७ गतेसम्मका लागि विज्ञापन अनुसारको नियुक्ति प्रक्रिया अगाडि नबढाउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता उत्तम आचार्यका अनुसार असार २७ गते छलफलका लागि बोलाइएको छ । सोही छलफलमा अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने टुंगिनेछ । अल्पकालीन अन्तरिम आदेशले असार २७ गतेसम्म सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले आव्हान गरेको विज्ञापनको नियुक्ति प्रक्रिया अगाडि नबढाउनु भन्ने बुझिने अधिवक्ता आचार्यले बताए ।

पत्रकारमाथि दुव्र्यवहार

संस्थाको वारेमा सार्वजनिक भएका घटनाक्रममाथि समाचार संकलन गर्न गएका तीन जना पत्रकारलाई संस्थाका कर्मचारीहरुले दुव्र्यवहार गरेका छन् । देउती एचडी टेलिभिजनमा कार्यरत पत्रकार बुद्धिसिंह ठकुरी, नवराज रोकाय र क्यामरापर्सन भीम परियारलाई अध्यक्ष कूलमणि देवकोटासहितका कर्मचारीले हातपात गर्दै दुव्र्यवहार गरेका थिए । उक्त दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ सुर्खेतले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता घटना नदोहो×याउन आग्रह गरेको
छ । अध्यक्ष गणेशकञ्चन भारती र सचिब सुदिप पुरि द्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचार संकलन गर्ने क्रममा गरिएको दुव्र्यवहारले प्रेस स्वतन्त्रताको ठाडो हस्तक्षेप र नागरिकले सूचना पाउने अधिकार बञ्चित गराउन खोजिएको भन्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न भनिएको छ ।

 

अदालतको अल्पकालीन अन्तरिम आदेशको पत्र संस्थाका कार्यालय प्रमुख डम्मर गौतमले बुझेका छन् । उनले अदालतका कर्मचारीले आफ्नो नाममा आएको पत्र बुझेको र अन्यले बुझे नबझुेको जानकारी नभएको बताए ।
ट्रेड युनियनले नियम अनुसार विज्ञापन गरिएको दावी गरेपनि कार्यालय प्रमुख गौतमले भने नियम मिचेर विज्ञापन गरिएको बताएका छन् । उनले पदपूर्ति समितिको सदस्य सचिवको अनुपस्थितिमा बिज्ञापन आव्हान गरिनु कसरी विधि अनुसार भयो भन्दै उक्त विज्ञापन प्रक्रिया विपरित भएको उल्लेख गरेका छन् ।

Bulbule
प्रकाशित मितिः बुधबार, असार १८, २०७६     6:55:21 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *