Loading... 19 November 2019|   मंगलबार, मंसिर ३, २०७६   

नबनिर्मित चिस्यान भण्डारमा हावाहुरीले पुर्यायो क्षेति

  |  211 Views

असार १५, सुर्खेत । सुर्खेतको भेरिगङ्गा नगरपालिका १२ छिन्चुमा रहेको नारी जागरण बहुउद्देश्यीय कृषि समुहले निर्माण गरेको कोल्ड स्टोरको छानो हावाहुरीले उडाएको छ । यहि जेष्ठ ११ गते साझ आएको हावाहुरिले उक्त कोल्ड स्टोरको टिनको छानो उडाएको हो ।

छानो उडाउदा साढे १० लाख भन्दा बढिको क्षेति भएको नारी जागरण बहुउद्देश्यीय कृषि समुह सल्लाहकार ज्ञानु भुसालले जानकारी दिनु भयो । स्थानिय कृषि उत्पादनलाई मध्यनजर गर्दै कर्णाली प्रदेशमै पहिलो चिस्यान भण्डार भेरिगङ्गा नगरपालिका १० झिलमिले भन्ने ठाउमा निर्माण गरिएको थियो । चिस्यान केन्द्र निर्माणका लागि साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम) बाट ५८ लाख ५० हजार, भेरीगंगा नगरपालिकाबाट ६५ लाख, नारी जागरण बहुउद्देश्यीय कृषि समुहबाट ४१ लाख, कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट १५ लाख र गुर्भाकोट नगरपालिकाबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

करिब दुई सय मेट्रीक टन क्षमता भएको चिस्यान भण्डार बनेको थियो । हाल यो क्षेत्रमा चिस्यान केन्द्र नहुँदा यस क्षेत्रका कृषकहरुले आफूले उत्पादन गरेका वस्तु कोहलपुरस्थित चिस्यान केन्द्रमा लिने गरेका छन् । छिन्चुमा बन्ने चिस्यान केन्द्र सञ्चालन भएपछि यो समस्या हट्ने छ ।

Bulbule
प्रकाशित मितिः आइतवार, असार १५, २०७६     9:24:54 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *