Loading... 13 November 2019|   बुधबार, कार्तिक २७, २०७६   

२४ घन्टाका लागि सबै विदेशी टेलिभिजन च्यानलहरु बन्द

  |  260 Views

काठमाडौं । विदेशी विज्ञापन बज्ने टेलिभिजन च्यानल आजदेखि बन्द भएका छन्। नेपालमा प्रसारण हुने ८५ प्रतिशत विदेशी च्यानल रहेकोमा ती च्यानल आज दिउँसो ३ बजेदेखि बन्द भएका हुन्। प्रस्तावित टेलिभिजन विज्ञापन ऐन २०७६ को विरुद्धमा टेलिभिजन च्यानल प्रदायक कम्पनीहरू आन्दोलनमा उत्रँदै २४ घण्टाका लागि सबै विदेशी च्यानहरु बन्द गराएका हुन् ।

ऐन २०७६ अनुसार विदेशी च्यानलहरू क्लिन फिड हुनुपर्ने प्रावधान अनुसारको व्यवस्था लागू गर्दा हुन आउने परिस्थितिको बारेमा ग्राहकलाई जानकारी गराउन विज्ञापन प्रसारण हुने विदेशी च्यानल बन्द गरिएको इन्टरनेट तथा टि.भी. समन्वय समिति र नेपाल केवल महासङ्घले जनाएका छन् । राष्ट्रिय केबल टेलिभिजन महासङ्घका अध्यक्ष सुधीर पराजुलीले क्लिन फिड लागू हुँदा टेलिभिजन कस्तो देखिन्छ भनेर डेमो देखाउन लागिएको बताए। नेपालमा प्रसारित च्यानलहरूमध्ये ८५ प्रतिशत च्यानलहरू विदेशी रहेको महासङ्घका अध्यक्ष पराजुलीले जानकारी दिएका छन् ।

क्लिन फिडले नेपाली च्यानलहरूलाई धराशायी बनाउनुको साथै भारतबाट अवैध ढङ्गले भारतीय डिटिएचका सेट अप बक्सहरू भित्रिने र त्यसले प्रत्यक्ष रूपमा नेपाली च्यानलहरूलाई प्रभावित पार्ने दाबी समितिले गरेको छ। ‘सरकारले क्लिन फिड लागू गर्दा मनरोञ्जनात्मक, समाचार, सूचना र खेलकुद, धार्मिक लगायतका विधिका अधिकांश च्यानल बन्द हुन्छन्, सरकार यस्तो व्यवस्था गरेर नागरिकलाई सूचना पाउने मौलिक हकबाट वञ्चित गर्न लागेको महसुस हामीलाई भएको छ,’ पराजुलीले भने । उक्त विधेक हुबहु पारित भए नेपालमा सर्वाधिक रुचाइएका च्यानलहरू कलर्स, स्टार प्लस, जी टिभी लगायतका सम्पूर्ण मनोरञ्जनात्मक च्यानलहरू सहित खेलकुदका च्यानलहरू स्टार स्पोट्र्स, सोनी टेन लगायतका च्यानलहरू समेत बन्द हुने जनाएको छ ।

यसले खेल तथा मनोरञ्जन प्रेमी नेपालीहरूमाथि अन्याय हुने टेलिभिजन च्यानल प्रदायक कम्पनीहको भनाई छ । यसले सूचनाको हक समेत कुन्ठित हुने व्यवसायीहरूको आरोप रहेको छ । यसले नेपालमा सञ्चालित डिटिए, आइपिटिभी र डिआइटीजस्ता कम्पनीहरूले नेपाली च्यानलहरू मात्रै देखाएर ग्राहकहरूसँग मासिक शुल्क उठाउन नसक्ने हुँदा ती कम्पनी बन्द हुने र त्यसले अर्बौको लगानी डुब्नुको साथै हजारौँको रोजगारी गुम्ने अवस्था सिर्जना हुने जनाएको छ।

Bulbule
प्रकाशित मितिः सोमवार, असार ९, २०७६     6:46:19 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *