Loading... 25 June 2019|   मंगलबार, असार १०, २०७६   

पत्रकार गेलाङ्गको शव नउठाउने भन्दै छिन्चुमा सडक अवरुद्ध

  |  250 Views

जेठ ३०, सुर्खेत । टिप्परको ठक्करबाट मृत्यु भएका सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङ्गका आफन्तले शव नउठाउने भन्दै आन्दोलित भएका छन् । इलाका प्रहरी कार्यालय छिन्चुमा पुगेका आफन्तले उचित क्षतीपूर्ति र चालकलाई कारवाहीको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

टिप्पर धनी मालिका कन्स्ट्रक्सन काठमाडौंका रमेश बरालले मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन बेवास्ता गरेपछि आफन्तहरु आक्रोशित बनेका छन् । आफन्तहरुले छिन्चु बजारमा नारबाजी गर्नुका साथै सडक चक्काजाम गरेका छन् ।

छिन्चुबाट मेहलकुनातर्फ जाँदै गरेका गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई भेरीगंगा–८ लोदेमा बुधबार दिउँसो रुकुमपश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिप्परले ठक्कर दिएको थियो । गेलाङ्गको शव पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा राखिएको छ ।

Bulbule
प्रकाशित मितिः बिहीबार, जेठ ३०, २०७६     7:58:19 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *