Loading... 18 September 2019|   बुधबार, असोज १, २०७६   

सुर्खेत चेम्बरका अध्यक्ष शर्माले लाखौँ रकम कुम्ल्याएको आरोप

  |  644 Views

सुर्खेत, २९ जेठ । सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणी शर्माले संस्थाभित्र मनपरी गरी ब्रह्मलुट मच्चाएका छन् । संस्थागत हित विपरीत उनले मनपरी गरी लाखौँ रकम कुम्ल्याएका छन् । गत वर्ष चेम्बरले आयोजना गरेको प्रथम कर्णाली महोत्सव–२०७५मा समेत एक लौटीरुपमा निर्णय गर्दै रकम हिनामिना गरेको वाणिज्य उपाध्यक्ष हस्तबहादुर सावदले जानकारी दिए ।

महोत्सवको आय व्यय अहिलेसम्म कार्यसमितिमार्फत कुनै पनि सार्वजनिक नगरिएको भन्दै लाखौँ रकम कुम्ल्याएको आरोप लागेको छ । अध्यक्ष शर्माले ३२ लाख २० हजार ४९४ रुपैयाँ हिसाव मिलान नगरी अहिलेसम्म कार्यसमितिको बैठक आव्हन गरेका छैनन् भने, बहुमत कार्यसमितिले बैठकको आव्हन गर्दा समेत अनुपस्थित हुने गरेको वाणिज्य उपाध्यक्ष सावदले बताए ।

उनका अनुसार महोत्सवमा जम्मा आम्दानी ३६ लाख ७० हजार रुपैयाँ मध्ये महोत्सवको उद्घाटन र समापनमा १ लाख चार हजार ४९० रुपैयाँ खर्च भएको छ । उक्त खर्च घटाउँदा आम्दानी जम्मा ३५ लाख ६५ हजार ५१० रुपैयाँ मध्ये संस्थाको खातामा १४ लाख ६३ हजार ७७६ रुपैयाँ रहेको छ भने, बाँकी २१ लाख एक हजार ७३४ रुपैयाँ अध्यक्ष शर्माले गुम्राहमा पारेको आरोप छ ।

त्यस्तै, सम्झौता भए बमोजिम महोत्सव सञ्चालन गर्ने कम्पनीले तिर्नुपर्ने रकम अध्यक्ष शर्मालाई दिईसकेपनि अहिलेसम्म बजारका व्यापारीलाई नदिई आफैँले झ्वाम पारेका छन् ।

महोत्सव सञ्चालन हुनु अघिनै संस्थागत (सुर्खेत चेम्बर अफ कमर्स) रुपमा र राजधानी एम्यूजमेन्ट राइट्सका विच महोत्सव उद्घाटन र समापन खर्च स्वंयम आयोजकले बेहोर्ने सम्झौता भएको थियो । कम्पनीले प्रचार, प्रसार लगाएत अन्य खर्च गर्ने रकम अध्यक्ष शर्मालाई प्रदान गरिसके पनि व्यवसायीले भने अझै पाउन नसक्दाँ संस्थाको बदनाम भएको बहुमत कार्यसमितिको भनाई छ ।

महोत्सव सञ्चालनका लागि ठेकेदार कम्पनीसंग महोत्सवको उद्घाटन खर्च र समापन खर्च बाहेक अन्य मेलाको कर, प्रचार, प्रसार, सुरक्षा, पानी बत्ती, कलाकार, बिमा, उपचार अतिथि सत्कार लगाएत सम्पूर्ण खर्च दोस्रो पक्षले वेहोर्ने सम्झौता भएको थियो ।

त्यस्तै, चेम्बरका बहुमत कार्यसमितिले बैठक आव्हनको लागि पत्र पठाएपनि अध्यक्ष शर्माले वेवास्ता गर्ने गरेको आरोप छ । गत चैत १९ गते बुलबुले भ्यू होटलमा बसेको कार्यसमितिको बैठकमा समेत अनुपस्थित भएपछि कार्यसमितिलेनै अर्काे बैठकका लागि आव्हन गरेको थियो । तर, उनले सम्म कार्यसमितिको बैठक बसाल्नेतर्फ कुनै सुनुवाई गरेका छैनन् ।

कार्यसमितिको बैठक बसी महोत्सवमा भएको आयव्यय विविरण सार्वजनिक गरी हिसाव मिलान गर्न नेपाल चेम्बर अफ कमर्सले १५ दिने अल्टीमेटम पत्र समेत पठाईसकेको छ । तर, अध्यक्ष शर्मा हरहिसाव मिलान गर्न तर्फ कुनै सुइँको छैन् ।

 

Bulbule
प्रकाशित मितिः बुधबार, जेठ २९, २०७६     10:04:48 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *