Loading... 25 June 2019|   मंगलबार, असार १०, २०७६   

नेपाली चलचित्र “मारुनी” को नयाँ गीत सार्वजनिक, “मनमगन” का गायक दिपक बज्राचार्यको पहिलो फिल्मी गीत (भिडियो सहित)

  |  118 Views

बुलबुले खबर , काठमाडौ ।  अघिल्लो बर्ष “मंगलम” चलचित्र बनाएर ख्याती कमाएका निर्देशक नवल नेपालको अर्को चलचित्र “मारुनी” को एउटा गीत राजधानी मा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएकोछ । पप संगितका अत्यन्त चर्चित गायक दिपक बज्राचार्यको संगित र आवाजमा रहेको “जाम्न माया जाम” बोलको गीतमा मुख्य कलाकार पुष्प खड्का र साम्राज्ञी आर एल शाह लाई फिचर गरिएकोछ ।

साम्राज्ञी आर एल शाह बोल्ड रुपमा देखिएको सो गीतलाई मोहित मुनालले संगित संयोजन गरेकाछन भने कोरियोग्राफी प्रबिण सिंहको रहेको छ । आउदो भाद्र १३ गते देशभर प्रदर्शन हुने चलचित्र “मारुनी” को सो गीतको शब्दमा रिक्की शाक्य, छांयाकनमा सञ्जय लामा, सम्पादनमा मित्र डि गुरुङ रहेका छन ।

प्रेमकथामा आधारित सो चलचित्र पुनम इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको हो भने फिल्मको मुख्य निर्माता पुनम क्षेत्री गौतम रहेकीछिन ।

 

Bulbule
प्रकाशित मितिः मंगलबार, जेठ २८, २०७६     5:37:55 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *