Loading... 25 June 2019|   मंगलबार, असार १०, २०७६   

सवारि दुर्घटनामा परि पत्रकार गेलाङ्गको निधन

  |  171 Views

सुर्खेत, जेठ २९ । सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा पत्रकार नन्द बहादुर गेलाङ्गको मृत्यु भएको छ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।गेलाङ्ग सुर्खेतबाट प्रकाशन हुने सुर्खेत पहिचान दैनिकका सम्पादक हुन् भने नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव हुन्।

छिन्चुबाट मेहलकुना जाँदै गरेका गेलाङ्ग सवार भे८प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुम पश्चिमबाट आइरहेको बा५ख १६८३ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिए।

आफ्नै साईडमा गुडिरहेको मोटरसाईकललाई टिप्परले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ठक्कर दिएलगत्तै टिप्पर चालकले ब्याक गरेर उनलाई मारेको चौलागाईंले बताए। धादिङ घर भएका टिप्पर चालक सन्तबहादुर राईलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

Bulbule
प्रकाशित मितिः बुधबार, जेठ २९, २०७६     6:25:06 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *