Loading... 18 September 2019|   बुधबार, असोज १, २०७६   

सामाजिक कथानक चलचित्र अधुरोको गित र टिजर सार्वजनिक

  |  353 Views

सुर्खेत, २७ जेठ । नेपाली सामाजिक कथानक चलचित्र ‘अधुरो’को गित र टिजर सार्वजनिक गरिएको छ । पुस्ता मिडिया प्रालीको ब्यानरमा बनेको सामाजिक कथानक चलचित्र अधुरोको गित र टिजर सोमबार एक कार्यक्रमका बिच सुर्खेतमा सार्वजनिक गरिएको हो ।

चलचित्र अधुरोको सुर्खेतको बुलबुले ताल भन्ने बोलको गित र चलचित्रको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गितमा सुर्खेतकै चर्चित कलाकार टिका पुन र शिवसंगित को आवाज रहेको छ भने गोविन्द विश्वकर्माको शव्द रहेको छ । संगित भने गायक स्वयंमकै रहेको छ ।

कर्णाली प्रदेश तथा देशकै कुसंस्कारका रुपमा रहेको बालविबाह र वालविवाह पछिका सामाजीक तथा पारिवारीक समस्या लगायत विविध पक्षहरुका विषयमा कथा वस्तू रहेको छ । वालविवाहका साथै नेपाली समाजको मनोविज्ञान, जातिय उत्पीडन, घरेलु हिंसा, महिला हिंसाका बारेमा पनि चलचित्रले बालेको निर्माता राजेन्द्र खड्का जलनले जानकारी दिनुभयो ।

सामाजिक अभियान्ता प्रमिला खड्काको कथा, किरण शर्माको पटकथा र राजेश कुमालको निर्देशन र गोविन्द बिश्वकर्माको शब्द रहेको अधुरोमा किरण शर्मा, सुनिता सुनार, धर्मराज जिसी, राजेन्द्र खड्का, सिरिष श्रेष्ठ, निर्मला स्वर्णकार, बिक्रम बर्मा, भुमिका परियार, सनोनी कुस्मी, ईन्दिरा श्रेष्ठ, लगायत सुर्खेतका स्थानिय कलाकारको अभिनय रहेको छ । सुवास गौतमको उत्कृष्ट सम्पादन रहेको छ ।

कार्यक्रमका बरिष्ठ कलाकार प्रेमदेव गिरीले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिनुभयो । सामाजीक कथावस्तु रहेको चचित्र अधुरोले समाजमा रहेको वालविबाह, जातिय भेदभाव, महिला हिंसा, लगायतका कुरिति र विसंगतीका विरुद्ध जनचेतना जोगाउन सकोस भन्दै सफल्ताको शुभकामना पनि दिनुभयो ।

त्यस्तै बरिष्ठ संगितकार तथा नृत्य निर्देशक कुलमान नेपालीले पनि सुर्खेत कला संस्कृति र प्रतिभाको उर्वर भूमी रहेको भन्दै चलचित्रको सफल्ताको शुभकामना दिनुभयो । यसैगरी सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख बलविर सुनारले करौंडौ खर्चेर परिवर्तन हुन नसकेको संस्कार र विकृतिमा यस्ता चलचित्रले परिवर्तन ल्याउन सक्ने भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सुर्खेतका कलाकारहरु , सामाजिक अभियान्ता तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

Bulbule
प्रकाशित मितिः सोमवार, जेठ २७, २०७६     8:23:43 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *