Loading... 19 September 2019|   बिहीबार, असोज २, २०७६   

कर्णाली महाेत्सवकाे वचत २४ लाख वढी

  |  266 Views

जेठ २६, सुर्खेत । सुर्खेत चेम्बर अफ कमर्सकाे आयाेजनामा भएको कर्णाली महाेत्सव २०७५ काे आय व्यय विवरण सार्वजनिक गरिएको छ।

संस्थाका अध्यक्ष चिन्तामणि शर्मावाट जारी गरिएको आयव्यय विवरणमा महाेत्सवमा ४५ लाख ६८ हजार ३ सय ९/- आम्दानी र खर्च भएको जनाईएकाे छ ।
२०७५ साल चैत १८ गते वसेकाे कार्यसमितिको वैठकले गरेकाे निर्णय ढीलाे गरि आज सार्वजनिक गरिएको हाे।
महाेत्सवमा ४५ लाख ६८ वढी आम्दानी भएपनि १८ लाख भन्दा वढी रकम उठ्न वाकी रहेकाे छ। प्रमुख प्रायाेजक, नेपाल चेम्बर र दीपक मलहाेत्रावाट आउने सहयोग संस्थामा जम्मा नभैसकेकाे जानकारी दिदै स्टल संयाेजक आदिवाट समेत संस्थामा रकम जम्मा भएको छैन ।

संस्थाकाे वैक माैज्दात १४ लाख ९४ हजार ८ सय १० रहेकाे वताईएकाे छ। यसैगरी संस्थाले वजारमा तिर्नु वुझाउनु पर्ने ८ लाख ४३ हजार देखिन्छ ।

स्थानीय स्तरमा गरिएको स्टल विक्री वापतकाे रु ७ लाख १३ हजार उठ्न वाकी रहेकाे छ। संस्थाले महाेत्सवकाे अवसर पारेर संचालन गरेकाे सुर्खेतको सर्वाधिक ५१ हजार प्रथम पुरुस्कार राशिकाे राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतियाेगीता २०७५ आयाेजना गर्न रु ३लाख ७९ हजार ६ सय ६६ खर्च भएको जनाएकाे छ।

यसैगरी संस्थाकाे काेषाध्यक्षसंग १ लाख ७१ हजार ६ सय ६४ वाकी रहेकाे उल्लेख गरिएको छ। उठनु पर्ने रकम समेत गरि संस्थाले महाेत्सववाट २४ लाख ७७ हजार ६ सय ४३ खुद वचत गर्ने देखिन्छ।

यसैगरी संस्थाले संस्थाकाे हित विपरीत गतिविधि गरेकाे भन्दै संस्थाका सल्लाहकार विष्णुवहादुर शाही लगायतका ३ जनालाई कार्वाही गरेकाे अपुष्ट समाचार प्राप्त भएको छ। उनीहरूले गत वर्ष भएको सुर्खेत उधाेग वाणिज्य संघकाे निर्वाचनमा संघमा सक्रिय सहभागी भै चेम्बर विरुद्ध गतिविधि गरेकाे र संघमा अराजकता फैलाएकाे आराेप लगाईएकाे छ ।

Bulbule
प्रकाशित मितिः आइतवार, जेठ २६, २०७६     10:25:07 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *