Loading... 25 June 2019|   मंगलबार, असार १०, २०७६   

नेशनल प्याव्सन सुर्खेतको अध्यक्षमा खनाल चयन

  |  155 Views

२५ जेठ, सुर्खेत । राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याप्शन) सुर्खेतको अध्यक्षमा दिपेन्द्र राज खनाल सर्वसम्मत चयन हुनभएको छ । आज शनिबार सम्पन्न जिल्ला कार्यसमितिको चौथो अघिबेशनले खनाललाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै उपध्यक्षमा कुसुम भट्टराई, सचिवमा राजु ढकाल, सह सचिवमा पदम राज रिमाल, कोषाध्यक्षमा दिपक खड्का, सह कोषाध्यक्षमा उत्तम गिरी र सदस्यहरुमा गोपाल प्रसाद शर्मा, सुदर्शन खड्का, काँसीप्रसाद कोइराला, राजेन्द्र शर्मा, नारत प्रसाद रेम्मी, धनश्याम खड्का र दिनेश खत्री चयन हुनुभएको छ ।

अधिबेशनमा राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपालका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले नीजि क्षेत्र तथा आवासिय विद्यालयको विकासको लागि प्रतिवद्ध भएर अघि बढ्ने बताए । पछिल्लो समयमा सरकारले ल्याएको शिक्षा विधेयकमा नीजि तथा आवासिय विद्यालयलाई कुण्ठीत गर्न खोजिएको भन्दै उनले त्यसको विरोध गर्ने बताउनुभयो । साथै उहाँले विद्यालयहरुलाई उक्त विधेयक देखि नआत्तीन समेत आग्रह गर्नुभयो ।

Bulbule
प्रकाशित मितिः शनिबार, जेठ २५, २०७६     9:51:25 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *