Loading... 23 July 2019|   मंगलबार, साउन ७, २०७६   

केल्मी ब्राण्डको शो रुम संचालनमा आयो ( भिडियो सहित )

  |  642 Views

बैशाख ३१, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खेलाडीहरुका लागि विभिन्न जर्सी र खेल सामग्री उत्पादनमा विश्व बजारमा छाएको केल्मी ब्राण्डको शो रुम संचालनमा आएको छ ।

राजु कलेक्सन स्पोर्ट्स क्लब हाउस का संचालक राजु पाण्डेले संचालनमा ल्याएको उक्त शो रुम लाई नेपाली महिला फुटबल टोलिका प्रशिक्षक हरि खड्का र सुर्खेत उधोग बाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले संयुक्त रुपमा एक कार्यक्रमका बिच उद्घाटन गरेका छन ।

“फिलिपिन्स ब्राण्ड्को पहिलो शो रुम सुर्खेत मा ल्याएका छौ, स्पोर्ट्स मात्रै नभएर केल्मी ब्रान्डका कटन का कपडाहरु समेत निकट भबिस्य मा उपलब्ध गराउनेछौ।” संचालक पाण्डेले भने ।

केल्मी ब्राण्ड छोटो समयमै स्थापित हुँदै आएको छ, फुट्बल खेलाडी र प्रशिक्षक का नाताले आफ्नो स्मरण सुनाउदै प्रशिक्षक खड्काले यो ब्राण्ड सुपथ मूल्य र टिकाउ भएको कारणले खेल क्षेत्रमा पनि सबै पदाधिकारिहरु, प्रशिक्षकहरु, सम्पुर्ण खेलकर्मी हरुले मन पराइसकेको ब्राण्ड हो । “सुर्खेत मा पनि अबस्य सबैले यो ब्राण्ड्लाई माया गर्नु हुनेछ ” प्रशिक्षक खड्काले भने ।

उद्घाटन कार्यक्रममा सुर्खेत उधोग बाणिज्य संघ अध्यक्ष धन बहादुर रावत, खेलकुद बिकास समिती सुर्खेत का अध्यक्ष चन्द्र कुमार गिरि, केल्मी का प्रतिनिधि उत्तम न्यौपाने लगायत को उपस्थिति रहेको थियो ।

Bulbule
प्रकाशित मितिः मंगलबार, बैशाख ३१, २०७६     10:26:56 AM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *