Loading... 13 November 2019|   बुधबार, कार्तिक २७, २०७६   

आर्मीले जित्यो कर्णाली प्रिमियर लिगको उपाधि

  |  509 Views

बैशाख २१, सुर्खेत । लगातार दोश्रो पटक त्रिभुवन आर्मी क्लबले वाईवाई कर्णाली प्रिमियर लिग प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको छ। प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि समेत आर्मीलेनै जितेको थियो।

सुर्खेतको कालिन्चोक मैदानमा सम्पन्न फाइनल खेलमा आर्मीले न्यु होराइजन बुटवललाई ५९ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो।

जितसंगै आर्मीले ५ लाख रुपैयाँ हात पार्यो भने न्यु होराइजनले २ लाख रुपैयाँमा चित्त बुझायो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी न्यु होराइजनका कप्तान समेत रहेका शक्ति गौचन घोषित भए जसले ५० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृस्ट ब्याट्सम्यान कर्णाली-११ का रबिन्द्र जंग शाही तथा उत्कृस्ट बलर आर्मीका सुशन भारि घोषित भए। दुवैले जनही २० हजार रुपैयाँ प्राप्त गरे।

खेलमा टस जितेर ब्याटिंग रोजेको आर्मीले पहिले ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४६ रनको योगफल तयार गरेको थियो।

आर्मीको लागि हरि बहादुर चौहानले सर्वाधिक ५६, राजु रिजालले ३४ तथा भिम शार्कीले अविजित २१ रन बनाए। न्यु होराइजनका बलर विकास श्रेष्ठले २ तथा राहुल प्रजापति, बिपिन खत्री र अखिलेश यादबले समान १/१ विकेट लिए।

१४७ रनको लक्ष्य पछ्याउने क्रममा न्यु होराइजनले १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो। होराइजनलाई रोक्न आर्मीका बलर जितेन्द्र मुखिया र शाहब आलमले ३/३ विकेट तथा सुसन भारिले २ विकेट लिए।

होराइजनको लागि बिशाल सुनारले सर्वाधिक २६ तथा निश्चल चौधरीले १९ रन योगदान दिए।

फाइनल खेलको प्लेयर अफ द म्याच हरि बहादुर चौहान चुनिए।

कर्णाली क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगिता बैशाख १२ देखि सुरु भएको थियो जसमा कुल ८ टोलि सहभागी रहेका थिए।

Best Bowler Sushan Bhari
Best Batsman Rabindra Jung Shahi
Shakti Gauchan Player of the Series
Player of the Final , Hari Bahadur Chauhan
Bulbule
प्रकाशित मितिः शनिबार, बैशाख २१, २०७६     5:31:37 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *