Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

केपिएल : आर्मी बिजयी हुदै सेमिफाइनल प्रवेश

  |  241 Views

बैशाख १७, सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौं दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मध्यपश्चिम क्रिकेट क्लबलाई १०७ रनले पराजित गरेको छ।

समुह “ए” बाट ३ खेलमा २ जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा समेत प्रवेश गरेको छ। सोहि समुहबाट ३ खेलमा ३ जित दर्ता गर्दै कर्णाली ११ ले यसअघि नै सेमिफाइनलमा स्थान बनाएको थियो। समुह “बि” बाट भने एपीएफ, न्यु होराइजन बुटवलको समान ४-४ अंक रहंदा बुधवारहुने खेलबाट सेमिफाइनलमा पुग्ने टोलीको निर्णय हुनेछ।

राजेश पुलामीको उत्कृस्ट इनिंगमा आर्मीको सहज जित :

दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई सहज जित दिलाउन राजेश पुलामीले उत्कृस्ट प्रदर्शन गरे।

कालिन्चोक मैदानमा मंगलबार टस जितेर ब्याटिंग गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन जोडेको थियो। उसका राजेश पुलामीले ५७ रन तथा हरि बहादुर चौहानले ५३ रन जोडेका थिए।

राजेशले ३५ बलमा ५ चौका र ३ छक्का सहित ५७ रन जोड्दा हरिले ३७ बलमा ७ चौका र १ छक्का सहित ५३ रन जोडे।

मध्यपश्चिमको बलिंगमा अमित तामांगको नाममा २ विकेट रह्यो।

जवाफमा १७९ रनको लक्ष्य पछ्याएको मध्यपश्चिम १६.४ ओभरमा ७१ रनमा समेटिन पुग्यो। उसका प्रनित थापा मगरले १९, तुलसीराम अहिमले १२ र मनोज सुनार र आकाश बिष्टले समान १०-१० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

आर्मीको बलिंगमा कुशल मल्लले सर्वाधिक ४ विकेट हात पारे। यस्तै सुसन भारी र साहब आलमको नाममा समान २-२ विकेट रह्यो।

खेलको प्लेयर अफ द म्याच राजेश पुलामी घोषित भए।

प्रतियोगिता अन्तर्गत बुधवार समुह चरणको अन्तिम खेलमा एपीएफ र महेन्द्रनगर क्रिकेट एकेडेमी भिड्नेछन्।

Bulbule
प्रकाशित मितिः मंगलबार, बैशाख १७, २०७६     6:58:46 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *