Loading... 13 December 2019|   शनिबार, मंसिर २८, २०७६   

केपीएल : आर्मीलाई स्तब्ध पार्दै कर्णाली-११ सेमीफाइनलमा

  |  285 Views

बैशाख १६, सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत पाँचौ दिनको खेलहरुमा महेन्द्रनगर क्रिकेट क्लब र आयोजक कर्णाली-११ ले जित हाँसिल गरेका छन्। महेन्द्रनगरले हिमालयन क्रिकेट एकेडेमी र कर्णाली-११ ले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो।

लगातार तेश्रो खेलमा जित हाँसिल गर्दै आयोजक कर्णाली-११ ले समुह ‘ए’ बाट सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। सेमीफाइनल पुग्ने अन्य ३ टिमको भने टुंगो लाग्न बाँकी रहेको छ।

पहिलो खेल :- महेन्द्रनगर क्रिकेट एकेडेमीसंग हिमालयन क्रिकेट एकेडेमी पराजित

सोमबार सम्पन्न पहिलो खेलमा महेन्द्रनगरले हिमालयन क्रिकेट एकेडेमीलाई ५ रनले पराजित गर्यो।

खेलमा टस जितेर ब्याटिंग गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको थियो। १५२ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको हिमालयनले २० ओभरमा ७ विकेट गुमाएर १४६ रन मात्र जोड्न सक्यो।

हिमालयनको ब्याटिंगमा पदम केसीले ५० तथा दिपेन्द्र ऐरीले अविजित २९ रन जोडेपनि जितका लागि पर्याप्त भएन। महेन्द्रनगरको बलिंगतर्फ बिक्रम ठगुन्नार आकाश चन्दले समान २-२ विकेट हात पारे।

यसअघि पहिले ब्याटिंग गरेको महेन्द्रनगरका लागि किरन ठगुन्नाले अविजित ४१ रन जोडेका थिए। यस्तै दिनेश आग्रीले व्यक्तिगत ३३ रनको योगदान गरे। हिमालयनको बलिंगमा शरद खड्काको नाममा २ विकेट रहेको थियो।

खेलको प्लेयर अफ द म्याच किरन ठगुन्ना घोषित भए।

Kiran Thagunna

दोश्रो खेल :- कर्णाली-११ संग त्रिभुवन आर्मी स्तब्ध

दिनको दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई आयोजक कर्णाली-११ ले ११ रनले पराजित गर्यो।

खेलमा टस जितेर ब्याटिंग रोजेको  कर्णाली-११ ले २० ओभरमा ७ विकेट गुमाएर १५६ रनको योगफल तयार गरेको थियो। उसको लागि लोकेस बमले सर्वाधिक ५० रन बनाए। ३० बलमा उनले ६ चौका र २ छक्का प्रहार गरे। यस्तै प्रदिप रसाइलीले ३४, जितेन्द्र सिंह ठकुरीले ३० तथा कप्तान रबिन्द्र जंग शाहीले २३ रन योगदान दिए।

Lokesh Bam

आर्मीको बलिंगमा सुसन भारि एक्लैले ५ विकेट लिए भने जितेन्द्र मुखिया र कुशल मल्लले १/१ विकेट लिए।

१५७ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले २० ओभर ब्याटिंग गरे पनि ८ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो।

आर्मीलाई लक्ष्यसम्म पुग्न नदिन कर्णाली-११ का बलर कृष्ण कार्की र रबिन्द्र जंग शाहीले ३/३ विकेट लिए। किशोर महतो र जितेन्द्र सिंह ठकुरीले १/१ विकेट लिए।

Krishna Karki

आर्मीको लागि बिनोद भण्डारीले सर्बाधिक ५५ तथा हरि बहादुर चौहानले ३८ रन बनाए । बिनोदले ४२ बलमा ९ चौका र १ छक्का तथा हरिले ३७ बलमा ६ चौका प्रहार गरे।

एक समय १५ ओभरमा ११२/३ को स्थितिमा रहेको आर्मीले त्यसपछि लगातार विकेट गुमाएको थियो। बाँकी ५ ओभरमा आर्मीले २५ रन मात्रै बनाउन सक्यो भने ५ थप ५ विकेट गुमाउन पुग्यो।

खेलको प्लेयर अफ द म्याच कर्णाली-११ का कप्तान समेत रहेका रबिन्द्र जंग शाही घोषित भए।

Rabindra Jung Shahi

प्रतियोगिता अन्तर्गत मंगलबार पनि २ खेल संचालन हुनेछन्। बिहानको पहिलो खेलमा समुह बि अन्तर्गत न्यु होराइजन र हिमालयन क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्। यस्तै दिउसोको खेलमा त्रिभुवन आर्मी क्लबले मध्य-पश्चिम क्रिकेट क्लबसंग खेल्नेछ।

 

 

Bulbule
प्रकाशित मितिः सोमवार, बैशाख १६, २०७६     6:48:05 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *