Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

केपिएल : मध्य-पश्चिम क्रिकेट क्लब र एपीएफ बिजयी

  |  272 Views

बैशाख १५, सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग-२ प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा मध्य-पश्चिम क्रिकेट क्लब र शशस्त्र प्रहरी बलले जित हाँसिल गरेका छन्।

दिनको पहिलो खेलमा समुह ‘ए’ अन्तर्गत जित हाँसिल गर्ने क्रममा मध्य-पश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्यो। यस्तै दिनको दोश्रो खेलमा समुह ‘बि’ अन्तर्गत शशस्त्र प्रहरी बल ( एपीएफ ) ले न्यु होराइजन बुटवललाई ३८ रनले पराजित गर्यो।

पहिलो खेल – मध्य-पश्चिम क्रिकेट क्लबद्वारा लालीगुराँस क्रिकेट एकेडेमी पराजित

सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग-२ अन्तर्गत चौथो दिनको पहिलो खेलमा मध्य-पश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो। ११२ रनको लक्ष्य मध्य-पश्चिम क्रिकेट क्लबले ३ विकेट गुमाएर १६.१ ओभरमा पुरा गर्यो।

मध्य-पश्चिमको जितमा बलिंगमा आकास बिस्ट र अजय साहनीले ३/३ विकेट लिए। यस्तै ब्याटिंगमा सैलेन्द्र यादबले अविजित ५३ रन तथा बिशाल गुप्ताले अविजित ४५ र बनाए। सैलेन्द्रले ३५ बलमा ९ चौका र १ छक्का तथा बिशालले ४३ बलमा ५ चौका प्रहार गरे।

यस अघि लालीगुराँसको लागि ब्याटिंगमा प्रकास पटेलले सर्वाधिक ३० तथा धनुश थापाले १८ रन बनाएका थिए।

खेलको प्लेयर अफ द म्याच ३ विकेट लिएका आकास बिस्ट घोषित भए।

समुह ‘ए’ अन्तर्गत प्रतियोगितामा दोश्रो खेल खेल्दा मध्य-पश्चिमको पहिलो जित हो। लालीगुराँसले भने ३ वटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ। समुहको शिर्ष स्थानमा रहेको कर्णाली-११ ले २ खेल खेल्दा २ वटैमा जित हाँसिल गरेको छ भने त्रिभुवन आर्मीले १ खेलमा जित हाँसिल गरेको छ।

दोश्रो खेल – एपीएफसंग न्यु-होराइजन बुटवल पराजित

दिनको दोश्रो खेलमा शशस्त्र प्रहरी बल एपीएफले न्यु होराइजन बुटवललाई ३८ रनले पराजित गर्यो। एपीएफको यो दोश्रो जित हो भने न्यु होराइजनले २ खेलमा १ जित र १ हार बेहोरेको छ।

एपीएफले टस जितेर पहिले ब्याटिंग गर्दै दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा न्यु होराइजनले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो।

न्यु होराइजनका ब्याट्सम्यान सुरज दराईले ४० तथा निश्चल चौधरीले २१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा लक्ष्यसम्म पुग्न असफल रह्यो। दराईले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

एपीएफको लागि बलिंगमा यज्ञमान कुमालले सर्वाधिक ३ विकेट तथा भुवन कार्की र शरद भेसावकरले २/२ विकेट लिए।

एपीएफले २० ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल तयार गरेको थियो। उसको लागि शंकर रानाले सर्वाधिक ४८ रन तथा शरद भेसावकरले ४१ रन बनाए। शंकरले आक्रामक इनिंग खेल्ने क्रममा २८ बलमा ४ छक्का र १ चौका प्रहार गरे भने शरदले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अनिल साहले २६ रन बनाए।

माथिल्लो क्रमका ब्याट्सम्यानहरुले रन बनाए पनि एपीएफको तल्लो क्रमले रन बनाउन नसक्दा २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाउन सक्यो।

न्यु होराइजनका बलर राहुल प्रजापति र अर्जुन रायमाझीले समान ३/३ विकेट लिए। राहुलले ३ विकेट लिने क्रममा १९ औं ओभरमा ह्याट्रिक विकेट लिएका थिए। त्यस क्रममा उनले अमर सिंह रौटेला, सन्दिप जोरा र सुमित महर्जनलाई ओभरको चौथो, पाँचौ र छैठौं बलमा आउट गरेका थिए। कर्णाली प्रिमियर लिगको २ संस्करणमा यो पहिलो ह्याट्रिक हो।

खेलको प्लेयर अफ द म्याच शरद भेसावकर चुनिए।

कर्णाली क्रिकेट एकेडेमीमा आयोजित प्रतियोगितामा कुल ८ टिमहरु सहभागी छन् जसलाई २ समुहमा बिभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम क्रिकेट क्लब बाँके, आयोजक कर्णाली एघार र लालिगुराँस क्रिकेट एकेडमी झापा रहेका छन्। त्यस्तै समूह ‘बि’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, न्यु होराइजन बुटवल र हिमालयन क्रिकेट एकेडेमी काठमाडौं रहेका छन्।

दुवै समूहबाट उत्कृत हुने २/२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।

प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन्।

 

Bulbule
प्रकाशित मितिः आइतवार, बैशाख १५, २०७६     7:18:20 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *