Loading... 10 December 2019|   मंगलबार, मंसिर २४, २०७६   

केपिएल : मध्य-पश्चिम क्रिकेट क्लबले लालीगुराँसलाई ७ विकेटले हरायो

  |  216 Views

बैशाख १५, सुर्खेत । सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग-२ अन्तर्गत चौथो दिनको पहिलो खेलमा मध्य-पश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो। ११२ रनको लक्ष्य मध्य-पश्चिम क्रिकेट क्लबले ३ विकेट गुमाएर १६.१ ओभरमा पुरा गर्यो।

मध्य-पश्चिमको जितमा बलिंगमा आकास बिस्ट र अजय साहनीले ३/३ विकेट लिए। यस्तै ब्याटिंगमा सैलेन्द्र यादबले अविजित ५३ रन तथा बिशाल गुप्ताले अविजित ४५ र बनाए। सैलेन्द्रले ३५ बलमा ९ चौका र १ छक्का तथा बिशालले ४३ बलमा ५ चौका प्रहार गरे।

यस अघि लालीगुराँसको लागि ब्याटिंगमा प्रकास पटेलले सर्वाधिक ३० तथा धनुश थापाले १८ रन बनाएका थिए।

खेलको प्लेयर अफ द म्याच ३ विकेट लिएका आकास बिस्ट घोषित भए।

समुह ‘ए’ अन्तर्गत प्रतियोगितामा दोश्रो खेल खेल्दा मध्य-पश्चिमको पहिलो जित हो। लालीगुराँसले भने ३ वटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ। समुहको शिर्ष स्थानमा रहेको कर्णाली-११ ले २ खेल खेल्दा २ वटैमा जित हाँसिल गरेको छ भने त्रिभुवन आर्मीले १ खेलमा जित हाँसिल गरेको छ।

Bulbule
प्रकाशित मितिः आइतवार, बैशाख १५, २०७६     12:56:07 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *