Loading... 18 September 2019|   बुधबार, असोज १, २०७६   

चुनाव हार्दैमा निराश नहुन काँग्रेस महामन्त्री खड्काको आग्रह (भिडियो सहित )

  |  1613 Views

सुर्खेत, २५ चैत्र । नेपाली काँग्रेसको महामन्त्री पूर्णबहादुर खड्काले एउटा चुनाव हार्दैमा पार्टी कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन् । मुलुकका ठूला आन्दोलनमा बलिदानी दिएको पार्टी काँग्रेसले एउटा चुनावमा हारेकै अवस्थामा कमजोर भएको महशुस नगर्न पार्टी कार्यकर्तालाई महामन्त्री खड्काले आग्रह गरेका हुन् ।

नेपाली काँग्रेस सुर्खेतले आयोजना गरेको सम्मान तथा बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोन्धन गर्दै पूर्व गृहमन्त्री खड्काले कम्युनिष्ट सरकारले जनतामा ठूलो निराशा उत्पन्न गराएकाले जनतालाई आशाको दियो जगाउने जिम्मेवारी आउन लागेको उल्लेख गरे । कम्युनिष्ट सरकारका कारण मुलुकका उद्यमी, व्यवसायी, नागरिक, पत्रकार लगायत आक्रान्त हुँदै गएको समेत खड्काले बताए । ‘सरकारले सर्वसत्तावाद लाद्न खोजेकोले आशंकाको खडल विशाल बन्दै गएको छ’ महामन्त्री खड्काले थपे, ‘जनताका निराशालाई आशामा बदल्ने अवसर नेपाली कांग्रेसले फेरी नेतृत्व लिने बेला आउन लागेकोले सिंगो पार्टी एक भएर अघि बढ्नपर्छ ।’ स्व. सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा कम्युनिष्ट सरकार असफल भएको टिप्पणि खड्का गरे ।

कम्युनिष्ट सरकारले जनता समक्ष दिएको चुनौतीलाई समाना गर्न पार्टी केन्द्रदेखी वडासम्म विधि र विधान, निर्णय प्रक्रियाले रुपान्तरण गर्ने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई खड्काले निर्देशन दिए । पार्टीभित्र कमजोरी रहेको स्वीकार समेत खड्काले गरेका छन् । ‘हाम्रा व्यवहार, शैली, निर्णय, अभिव्यक्तिले समस्या उत्पन्न गराएको सत्य हो’ महामन्त्री खड्काले भने, ‘तिनै समस्याले कार्यकर्ता र मतदाताको मन कुडिएकाले अब आत्मलोचना गर्दै पार्टी एक ढिक्का भएर अघि बढ्ने रणनीतिमा जुटेको छ ।’ आफूबाट समेत गल्ती भएको हुनसक्ने उल्लेख गर्दै खड्काले गल्तीहरु सच्याएर पार्टीलाई एक ढिक्का बनाएर अघि लैजान कुनै कसर बाँकी नराख्ने खड्काले प्रतिवद्धता जनाए । नेपाली काँग्रेसको समस्या कम्युनिष्ट सरकार नभएको खड्काको भनाई थियो । उनले पार्टीका आगामी रणनीति, योजना र एजेण्डालाई केन्द्रदेखी वडा तहसम्म लैजान पुनः पार्टी कार्यकर्ता एकजुट भएर लाग्न निर्देशन दिए । खड्काले कसैलाई पनि शिर झिकाउनु पर्ने अवस्था आउन नदिने दृढता व्यक्त गरे । केही समयमै पार्टीले देशभर नै जागरण अभियान सञ्चालन गर्न लागेको खड्काले जानकारी दिए । उनले मतदाताहरुको घरदैलो पुगेर पार्टीका कार्यकर्तालाई पार्टीको विधान र रणनीति बारे जानकारी गराउन निर्देशन दिए ।‘कम्युनिष्टले निल्न लागेको मुलुकलाई काँग्रेसले बचाउनु पर्छ’

यसैविच, नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले कम्युनिष्टले निल्न लागेको मुलुकलाई काँग्रेसले बचाउनु पर्ने जिम्मेवारी आएको बताए । जनताको जनअपेक्षाभन्दा निराशातर्फ मुलुकलाई कम्युनिष्ट सरकारले धकेलेको आरोप थानीको छ । ‘मुलुक कम्युनिष्टको पञ्जाबाट अस्तव्यस्त बन्दैछ’ पूर्व मन्त्री समेत रहेका थानीले भने, ‘देशलाई अनिर्णयको बन्दीतर्फ जान नदिने काँग्रेसले ७७ जिल्लामै ज्वाराभाटा निकालेर कम्युनिष्ट सरकार गलाउने छ ।’ तर सदस्य थानीले पार्टीभित्रका अन्तरद्वन्द्व अन्त्य गर्दै सरकारको वेथिति विरुद्ध एक जुट भएर लाग्ने अभियानमा लाग्न महामन्त्री खड्कालाई आग्रह गरे । ‘हामीले तपाईँ ‘पूर्णबहादुर खड्का’ बाट ठूलो अपेक्षा राखेका छौं । पार्टी असहज अवस्था भएको तपाईँले बुझ्नु भएको छ’ थानीले भने, ‘पार्टी भित्रका अन्तर विरोधको अन्त्य गर्दै कम्युनिष्ट सरकारको रवैया विरुद्ध कडा विरोध गर्ने बेला आएको छ ।’

कार्यक्रममा बोल्ने पूर्वमन्त्री, शीवराज जोशी, पूर्व राज्यमन्त्री तप्तबहादुर विष्ट, सुर्खेत पार्टी सभापति कमलराज रेग्मी लगायतले पार्टी भित्रको अन्तरविरोध अन्त्य गर्दै एकताको सन्देश दिन नेतृत्वलाई आग्रह गरेका थिए ।

Bulbule
प्रकाशित मितिः सोमवार, चैत्र २५, २०७५     7:02:36 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *