Loading... 27 May 2019|   सोमवार, जेठ १३, २०७६   

नेपाल आइडलका बिजेता रवि ओडको पहिलो गीत ‘मिठो बोलीले…’ सार्वजनिक

  |  158 Views

काठमाडौं– दोस्रो नेपाल आइडल तथा गायक रवि ओड आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । शुक्रवार यूट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले…’ गीतको म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।

नृत्यपरक उक्त गीतमा प्रसिद्ध संगीतकार हरि लम्सालको संगीत निर्देशन छ । गीतका संगीत संयोजक पनि संगीतकार लम्साल नै हुन् । कृष्ण केसीले उक्त गीत रचना गरेका हुन् । अकेस्टिक स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । स्थापित कोरियोग्राफर शिव बिकेको कोरियोग्राफी तथा निर्देशनमा उक्त गीतको म्युजिक भिडियो तयार भएको हो । भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओड नै फिचर्ड छन् । सुप्रिम पराजुलीले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । रामेश्वर कार्की भिडियोका छायांकार हुन् ।

भक्तपुर दरवार स्क्यावरको आकर्षक लोकेशनमा छायांकन गरिएको भिडियोमा करिव ६० जना कोरस कलाकारहरुले सामुहिक नृत्य गरेका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होस् ।

https://www.youtube.com/watch?v=C4nSpNU-7xA&feature=youtu.be

Bulbule
प्रकाशित मितिः शनिबार, चैत्र २३, २०७५     7:41:26 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *