Loading... 27 May 2019|   सोमवार, जेठ १३, २०७६   

रारा र घोडा व्यवसाय (फोटो फिचर)

  |  107 Views

चैत्र २०, सुर्खेत । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो रारा ताल । समुन्द्र सतहदेखि २ हजार, ९ सय, ७२ मिटरको उचाइमा अवस्थित छ मनोरम रारा ताल । मुगु जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा पछि रारातालमा पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा समतल भूमीमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर रहेको छ भने यसको गहिराई १ सय, ६७ मिटर छ । प्रकृतिको अनुपम उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियालीले लपक्कै अगालोमा बेरेको छ । यहाँ पाइने कस्तुरी, रतुवा जस्ता वन्य जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभायमान बनाएका छन् । तालको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

कर्णाली प्रदेशको मुख्य पर्यटकिय स्थलका रुपमा अबस्थित रारा ताललाई अवलोकन गर्न आन्तसक तथा बाह् पर्यटकहरुले घोडा चडेर रारा ताल वरिपरि घुमफिर गर्दै मनोरम दृष्यहरु आँखामा कैद मात्रै गर्दैनन् भारी आनन्द पनि लिन्छन् । मुगुको पर्यटकिय केन्द्र रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषर्ण बढ्दै गएपछि ताल वरिपरी घुमफिरका लागि पछिल्लो समयमा घोडा चढाएर घुमाउने व्यवसाय क्रमश फस्टाउन थालेको छ । व्यवसाय फस्टाउँदैं गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका ८ झ्यारी र ९ मुर्मा गाँउका प्रत्येक घरले घोडा पालन व्यवसायको पनि सुरुवात गरेका छन् ।

मुगुका घोडा व्यवसायिहरुले ताल्चा विमानस्थलदेखि रारा तालको हुटु ब्यारेक सम्म २ हजार देखी २५ सय सम्म र हुटु ब्यारेक देखी मुर्मा टप सम्म २ हजार, रारा तालको वरीपरी घोडा बाट सवार गराए बापत २५ सय सेवा शुल्क लिने गरेका छन् । घोडा चढाएर आन्तरिक तथा बाह्य पर्यटक घुमाउँदा ३० देखि ४० हजार मासिक आम्दानी हुने गरेको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ का स्थानीयवासी हरि रावलको अनुभव छ ।

कर्णाली प्रदेश सरकारले “कर्णाली रारा पर्यटन वर्ष २०७५” वर्षको घोषणा गरे सँग स्वर्गकी अप्सरा रारा तालमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । प्रत्येक दिन १ सय देखि १ सय, ५० जना पर्यटकहरुले रारालाई नजिकबाट अवलोकन गर्ने गरेका छन् । रारा तालमा पर्यटकको क्रमश ओइरो लाग्न थालेसँगै जुम्ला र मुगुका स्थानियबासीकोे आर्य आर्जनमा समेत बृद्धि हुन थालेको छ ।

रारातालमा आउने पर्यटकको लागि पर्यटकले खोजेको जस्तो सुविधा सम्पन्न होटलहरु नहुँदा पर्यटकलाई मिठो खान र आरामदायि बास बस्नको लागि असुविधा भने उत्पन्न हुने गरेको छ । प्रदेश सरकारले यस वर्षमा मात्र रारामा ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ भने रारामा भौतिक पूर्वाधारको अभावका कारण त्यहाँ आएका पर्यटकलाई व्यवस्थापन गर्नमा समेत चुनौती सृजना भएको छ । रारालाई विश्व सामु चिनाउनको लागि पनि प्रदेश सरकार र स्थानिय सरकारले राराको विकासमा ध्यान दिनु पर्ने त्यहाँका सरोकारवालाहरुको भनाई छ ।

रारामा पुग्ने पर्यटकले एक पटक भए पनि मुर्माटप बाट राराको पुरै दृश्य अवलोकन गर्नै पर्ने हुन्छ । रारालाई चारैतिर बाट जंगलले घेरेको र बीचमा कचौरा आकारमा फैलिएको रारालाई मुर्माटप बाट हेर्दा भूस्वर्ग भन्दा कम लाग्दैन । त्यहाँ पुग्ने हरेक व्यक्तिले आफु स्वर्ग नै पुगेको अनुभुति गरेको अनुभव सुनाउने गरेका छन् । अपि, सैपाल, कान्जिरोवा, सिस्ने, कोइकि हिमाल लगाएत अन्य विभिन्न ठाउँहरुको दृश्य अवलोकन गर्न सकिन्छ मुर्माटप बाटै । राराको मुर्मा टपमा पहिलो पटक साहसिक प्याराग्लाइडिङ शुरु कार्य भईसकेको छ भने नेपालको सवै भन्दा प्याराग्लाईडि उडान गर्नको लागि सजिलो स्थानका रुपमा मानिन्छ ।

रारामा नियमित प्याराग्लाइडिङका लागि त्यहाँ भएको भौतिक संरचनालाई विकास गर्नु पर्ने आजको टकारो अवश्यकता भएको यूवा पर्यटन व्यवसायी एवं पर्यटन अभियानता देबिकृष्ण रोकायाको भनाई छ । कर्णाली प्रदेश पर्यटन क्षेत्रमा धेरै सम्भावना बोकेको भएकाले बिभिन्न साहशिक खेल मार्फत पर्यटनको विकास गरि कर्णाली रारा पर्यटन वर्षलाई सफल बनाउनु पर्ने कर्णालीका जानकार हरिहर न्यौपानेको भनाई छ । समुन्द्र सतहदेखि ३ हजार, ८ सय मिटरको उचाईमा रहेको मुर्माटपबाट रारालाई अबलोकन गर्दा स्वर्गको महशुस हुने राराको दृष्य नियालीसकेपछि पर्यटकहरुले दिने प्रतिक्रिया हो यो ।

Bulbule
प्रकाशित मितिः बुधबार, चैत्र २०, २०७५     2:30:29 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *