Loading... 21 August 2019|   बुधबार, भदौ ४, २०७६   

होली गीत अब नेपालीमा पनि, सुशिला पाठक र श्री हरी दाहालको स्वरमा ‘ह्याप्पी होली’ बोलको गीत, हेर्नुहोस् भिडियो

  |  289 Views

काठमाडौँ । हिन्दूहरुको एउटा छुट्टै पर्व फागु ( होली ) चाडैनै आउँदैछ । हिन्दू धर्माम्बलीहरुले मात्र नभई अन्य धर्मकाले पनि उल्लासपूर्ण रुपमा मनाउने गर्छन । नेपालमा खास गरी तराइ क्षेत्रमा धुमधामका साथ मनाइने होलीमा होलिकै लागि बनाइएका नेपाली गीत धेरैनै कम छ, शायद यसैलाई मनन गरेर अत्यन्त सुमधुर आवाजमा श्रीहरि दाहाल र सुशिला पाठकको आवाजमा ‘ह्याप्पी होली’ बोलको गीती भिडियो सार्वजनिक गरिएको छ । गीतमा रुपेश बास्कोटाको शब्द र संगीत रहेको छ ।

समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोलाई प्रमोद भण्डारीले कोरियोग्राफी गरेका हुन् । टंक के.सी.ले खिचेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् । गीतको भिडियोमा सुरेन्द्र बसेल फिचर्ड छन्। भिडियो सुशिला पाठकको यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।
भिडियो हेर्न तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

Bulbule
प्रकाशित मितिः बिहीबार, फागुन ३०, २०७५     4:36:56 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *