Loading... 23 July 2019|   मंगलबार, साउन ७, २०७६   

क्यान इन्फोटेकमा ३५ हजार दर्शकले गरे अवलोकन

  |  232 Views

सुर्खेत, २८ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चानल गरिएको क्यान इन्फोटेकमा झण्डै ३५ हजार दर्शकले अवलोकन गरेका छन् । प्रविधिबारे जानकारी दिने उदेश्यले आयोजित इन्फोटेक दर्शकहरुका लागि उपयोगी भएको आयोजकको विश्वास छ । पाँच दिनसम्म सञ्चालन भएको इन्फोटेकमा दर्शकहरुले विज्ञान र प्रविधिबारे सिक्ने अवसर समेत पाएका थिए ।

फागुन २४ गतेबाट शुरु भएको क्यान इन्फोटेकको समापन गर्दै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले समेत विज्ञान र प्रविधिको प्रयोग गर्न नसक्ने हो भने समृद्धि भन्ने कुरा ल्हासामा सुन छ भने जस्तै हुने बताएका छन् । इन्फोटेक मनोरञ्जन लिने मेला नभई ज्ञान आर्जन गर्ने स्थान भएकोले सबैले यस्ता इन्फोटेकहरु अवलोकन गर्न मन्त्री भण्डारी सुझाव दिए । विज्ञानले पलपलमा नयाँ आविश्कारहरु गरिरहेकाले कर्णालीबाट पनि विज्ञान र प्रविधि सम्बन्धि नयाँ आविश्कार गर्न भण्डारीले आग्रह गरे । ‘विश्व बजारमा पठाएर कर्णालीले शीर ठाडो बनाउन सक्ने जनशक्ती अब कर्णालीबाट उत्पादन हुनुपर्छ’ भण्डारीले भने ।

इन्फोटेकबाट अनुभव बटुल्दै आगामी दिनमा अझैँ भव्य तरिकाले इन्फोटेकको आयोजना गर्न आयोजकलाई मन्त्रीले आग्रह गरे । इन्फोटेक डिजिटल कर्णाली निर्माणका लागि कोशेढुङ्गा सावित हुने मन्त्री भण्डारीको भनाई छ । इन्फोटेक सञ्चालनको अवधिमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पर्यटन मन्त्री नन्दसिं बुढा, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी लगायतले अवलोकन गरेका थिए । अवलोकनको क्रममा सुर्खेतमा संचालन भएको यस इन्फोटेकले प्रविधिको विकासका लागि निकै महत्वपूर्ण योगदान पु¥याएको र आउँदा दिनहरुमा समेत यस्ता इन्फोटेकहरु संचालन गर्नमा प्ररेणा मिलेको र प्रदर्शनी गृहको स्थापना गर्नमा सकारात्मक प्रभाव पारेकोमा आयोजकले खुसी व्यक्त गरेको छ ।

कर्णाली प्रदेश मुख्यमन्त्री नै प्रविधिमैत्री भएकोले पनि क्यान इन्फोटेक सफल पार्न हौसला मिलेको क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले बताए । उनले प्रविधिको विकास नगरे अरु विकासमा पछि परिन्छ भन्ने मुख्यमन्त्रीको विश्लेषणलाई आत्मसाथ गरेर अगाडि बढ्ने बताए । आइएमइ पे मुख्य प्रयोजक रहेको इन्फोटेकमा भिष्टा सिसिटिभीले एशोसियट प्रयोजन गरेको थियो । अफिसियल भने इन्स्योरेन्स प्रभु इन्स्योरेन्सले गरेको थियो । मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार, कर्णाली प्रदेशमै पहिलो पटक अनलाइन पब–जी गेम जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको थियो । सूचना प्रविधिको बृहत प्रदर्शनी, प्रत्येक दिन आईटी सेमिनार, लक्की ड्र बाट पाँच जनालाई रारा भिजिटका लागि गोलाप्रथा समेत गरेको छ । कम्प्युटर ल्यापटप र प्रिन्टर फ्रि सर्भिस क्याम्प, टाईपिङ्ग कम्पीटिसन, नेपाली वैज्ञानिकहरुद्वारा निर्मित रोबर्र्ट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, दृष्टिविहिनहरुलाई कम्प्युटर मोवाईल चलाउन सिकाईएको थियो भने सेवा तथा सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था, अनलाईन टिकेटिङमा निःशुल्क टिकटको व्यवस्था र हरेक दिन १० जनालाई एनपिएभी एन्टिभाईरस सित्तैमा प्रदान गरेको आयोजकले जनाएको छ ।

समापन कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष कविराज खत्री, क्यानका कानूनी सल्लाहकार दुर्गा सापकोटा, क्यान सुर्खेतका संस्थापक अध्यक्ष राम किशोर रावल लगायतले आफ्ना भनाईहरु राखेका थिए ।

Bulbule
प्रकाशित मितिः मंगलबार, फागुन २८, २०७५     7:47:35 PM
बुलबुले खबरलाई सिधै एपबाट खोल्नुहोस् । एप डाउनलोड गर्नका लागि यहाँ क्लिकगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *